धरान: हालैमात्र सम्पन्न बास्केटबल ट्यालेन्ट हन्टमा सहभागी विद्यार्थीहरु बिच एकदिने ट्यालेम्ट हन्ट बास्केटबल प्रतियोगिता हुने भएको छ ।

धरान बास्केटबल संघको आयोजना तथा धरान मेघा कलेजको मुख्य प्रायोजन र मन्टेसरी किन्डरगार्टेनको सह प्रायोजकमा शुक्रबार महिला पुरुष एकदिने प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा पुरुष तर्फ ६ टिम र महिला तर्फ २ टिम रहेको छ । प्रतियोगिताका बिजेता तथा उपबिजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

उनीहरुलाई बास्केटबल संघले बैशाख ९ गते देखि ३० गतेसम्म ट्यालेन्ट हन्टको आयोजना गरि बास्केटबल खेल सम्बन्धि आधारभुत ज्ञान तथा प्रशिक्षण दिएको थियो । ट्यालेन्ट हन्टका उत्कृष्ट महिला पुरुष बास्केटबल खेलाडीहरुलाई धरानका विभिन्न कलेजमा छात्रवृत्तिका लागि सिफारिस गरिने सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुबेदीले जानकारी दिए । प्रतियोगिताको सम्पुर्ण खेल धरान रंगशालामा रहेको इन्डोर बास्केटबल कोर्टमा हुनेछ । प्रतियोगितामा सुनसरी बास्केटबल संघको प्राबिधिक सहयोग रहने छ ।