धरान: भोली बिहिबारदेखि धरानमा स्वर्गीय सुवास राई स्मृति सुपर ८ लिगकम नकआउट अन्तर वडास्तरीय फुटबल प्रतियोगिता शुरु हुदैछ ।

धरान १६ स्थित रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेल धरानको वडा नं १७ र वडा नं ११ बीच हुनेछ । प्रतियोगिताको फाइनल जेठ २७ गते हुनेछ । प्रतियोगिताको आयोजक धरान उपमहानगरपालिका हो भने संयोजन हाम्रो धरान भेट्रान फुटबल क्लब रहेको छ । प्रतियोगिताको उद्घाटन समारोह दिउँसो २ बजेदेखि शुरु हुने भेट्रान फुटबल क्लबका अध्यक्ष अशोक राईले जानकारी दिए । 

स्वर्गीय राई धरान उपमहानगरपालिकाको कार्यपालिका सदस्य तथा नगरस्तरीय खेलकुद विकास समितिका तत्कालिन संयोजक सुवास राईको निधन भएपछि उनको स्मृतिमा गत बर्षदेखि सुपर ८ लिगकम नकआउट प्रतियोगिता शुरु गरिएको हो । स्वर्गीय राई धरान फुटबल क्लबका पुर्वअध्यक्ष पनि हुन् ।

प्रतियोगितामा वडास्तरीय गोधुली रनिङ कपको क्वार्टरफाइनलसम्म पुगेका टप ८ टिमलाई सहभागिताको अवसर पाउनेछन् । यसपाली फाइनल जितेको वडा १७ र उपविजेता वडा १५ सँगै वडा १, ५, ११, १४, १६ र २० पनि प्रतियोगितामा सहभागी रहेको छ । गत बर्ष पहिलो सँस्करणको फाइनलमा वडा नम्बर ११ लाई पराजित गर्दै वडा १५ ले उपाधि जितेको थियो । 

प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाख, ट्रफी पाउनेछ । यस्तै, व्यक्तिगत पुरस्कारतर्फ वेष्ट प्लेयर, हाई स्कोरर, वेष्ट डिफेन्स, वेष्ट गोलकिपर, बेवष्ट मिड फिल्डर घोषितलाई नगद र ट्रफी पुरस्कार दिइनेछ ।