धरान: सचेत धराने समुहको प्रथम बार्षिकोत्सवमा आयोजित मैत्रीपुर्ण फुटबल खेल १ १ को बराबरीमा सकिएको छ ।

धरान १६ स्थित रंगशालामा मेयर हर्क साम्पाङको नेतृत्वमा वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरु मैदानमा उत्रिएका थिए भने सचेत धराने समुहको टिम हर्कराज लिम्बुको नेतृत्वमा थियो । मेयरको नेतृत्वमा रहेको टिममा वडा ४ का अध्यक्ष धनबहादुर राई, वडा १० का अध्यक्ष विवेक राई, वडा १६ का अध्यक्ष मुरारी भट्टराई, वडा १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण), वडा २० का अध्यक्ष पदम लिम्बु पनि मैदानमा उत्रिएका थिए । 

sachet1

दोस्रो हाफमा भने सचेत धरानेले बराबरी गोल गरेको थियो । सुरज गुरुङको पासमा सोभित राईले गोल गर्दै खेल बराबरी बनाए । धरानका युवाहरुले गठन गरेको सचेत धराने समुहको बार्षिकोत्सव सोमबार (हिजो) थियो । हिजो विश्व वातावरण दिवस परेको र विविध कार्यक्रमहरु भएकोले आज मनाइएको अध्यक्ष निरज लिम्बुले जानकारी दिए । साँझमा धरान १ पुरानो अस्पतालस्थित पुर्नस्थापना गृहमा रहेका व्यक्तिहरुलाई खाना खुवाउने पनि अध्यक्ष लिम्बुले बताए । प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफमा मेयर साम्पाङले उत्कृष्ट गोल गर्दै टिमलाई १ ० को अग्रता दिलाएका थिए । वडा १० का अध्यक्ष विवेक राईको पासमा वान टच प्रहार गर्दै मेयर साम्पाङले दर्शनीय गोल गरे ।

भिडियो: