धरान: प्रदेशस्तरीय होलिल्याण्ड कप अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा छात्रतर्फ टावर टेम्पल विद्यालय विर्तामोड र छात्रातर्फ आयोजक होलिल्याण्ड विजेता भएको छ । 

धरानमा आइतबार भएको फाइनलमा छात्रतर्फ वितामोडले आयोजक होलिल्याण्डलाई हराउदै विजेता भएको हो । प्रतिस्पर्धात्मक खेलमा विर्तामोडले ३३-३२ को झिनो अन्तरमा मात्र आयोजकलाई हराएको थियो । यस्तै, छात्रातर्फको फाइनलमा आयोजक टिमले चिल्ड्रेन एकेडेमीलाई हराउदै विजेता भएको हो । आयोजकले चिल्ड्रेनलाई ८-२ अङ्कले फाइनलमा पराजित गर्यो । 

छात्रतर्फ बेस्ट स्कोर र मष्ट भ्यालुएवल प्लेयरको उपाधि विर्तामोडका नितेश बस्नेतले हात पारे भने राइजिङ प्लेयर होलील्याण्डका डोनिस सुनुवारले पाए । छात्रातर्फ राइजिङ प्लेयर होलील्याण्डकी दीक्षा राईले पाइन् भने मष्ट भ्यालुएवल प्लेयर तुमा लिम्बू घोषित भइन्। 

holyland basket1

छात्रतर्फ विजेताले नगद १० हजार र उपविजेताले ५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत पाए भने छात्रातर्फ विजेताले ८ हजार र उपविजेताले ५ हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र पाए । खेलाडीहरुलाई विद्यालयका अध्यक्ष खगेन्द्रकुमार मेन्याङबो, प्रमुख अतिथि एवं इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्ललगायत अतिथिहरुले पुरस्कार वितरण गरेका थिए ।