धरान: दोस्रो धरान मेघा रेवाहाङ मेमोरियल अन्तर स्कुल बास्केटवल प्रतियोगिताको दोस्रो दिन प्रभात स्कुल, डिपो स्कुल, धरान उच्च र सियोन स्कुल विजयी भएका छन् ।

मंगलवार भएको खेलमा प्रभात स्कुलले हिमशिखर तरहरालाई ३३–२९, डिपो स्कुलले आयोजक धरान मेघालाई ३९–३४, धरान उच्च विले विष्णु स्कुललाई ३१–२०, सियोन स्कुलले आर्दश म्यानेजमेन्ट स्कुल विर्तामोडलाई २७–१९ र धरान उच्च एले युएन नवदयलाई ५७–१९ अंकको अन्तरले पराजित गर्दै क्वाफाइनल प्रवेश गरेका हुन । 

पहिलो खेलमा प्रभात स्कुलका लियोन राईले व्यक्तिगत १५ अंक, दोस्रो खेलमा डिपोका रुपक श्रेष्ठले १८, तेस्रो खेलमा धरान उच्च विका प्रमिस रानाले १३, चौथो खेलमा सयोन स्कुलका सम्योग राईले ९ र उच्च ए का पियुस तामाङले १७ अंक जोडेका थिए ।  

भोली बुधबार धरान आर्दश र बाल संसार धनकुटा, डिपो स्कुल र धरान उच्च ए, होलिल्याण्ड र सियोन स्कुल र प्रभात स्कुल र धरान उच्च वि टिम विच क्वाटर फाइनल खेल हुनेछ। धरान मेघा हिमालयन कलेजको आयोजनामा जारी प्रतियोगिताको फाइनल भदौ ३० गते हुनेछ । प्रतियोगिता उदयमान बास्केटवल खेलाडी रहेका दिवंगत रेवाहाङ राईको स्मृतिमा उनको परिवार, धरान मेघा कलेज र धरान बास्केटवल संघको सहकार्यमा आयोजना भएको हो । प्रतियोगिताको सम्पुर्ण खेल धरान मेघा कलेजको बास्केटवल कोर्टमा हुनेछ । प्रतियोगितामा प्राविधिक सहयोग सुनसरी बास्केटवल संघको रहेको छ ।

तस्विरः विकास चाम्लिङ राई