धरान: दोस्रो धरान मेघा रेवाहाङ मेमोरियल अन्तर स्कुल बास्केटवल प्रतियोगितामा होलिल्याण्ड स्कुल च्याम्पियन बनेको छ । 

शनिवार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा डिपो स्कुललाई ५६–५५ को झिनो अन्तरले पराजित गर्दै होलिल्याण्ड स्कुल च्याम्पियन बनेको हो । होलिल्याण्डले उपाधि संगै नगद २० हजार, ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता डिपो स्कुलले नगद १० हजार ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ । 

अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा पहिलो क्वाटरमा डिपो स्कुले १२–८, दोस्रो क्वाटरमा १८–१२ अंकको अग्रता लिएको थियो । तर तेस्रो क्वाटर र चौथो क्वाटरमा होलिल्याण्ड स्कुलले लय समाउदै २१–१९ र १५–६ अंकको अग्रता बनाएपछि उपाधि उचाल्न सफल भयो । प्रतियोगिताको उत्कृष्ट खेलाडि (मोस्ट भ्यालुएवल प्लेयर) होलिल्याण्डका करुण तामाङ घोषित भए । उनले नगद दुई हजार ५ सय, ट्रफि र प्रमाणपत्र पाए । प्रतियोगिता अवधिभरि चार खेलबाट व्यक्तिगत ८४ स्कोर गरेका डिपो स्कुलका रुपक श्रेष्ठले हाई स्कोररको उपाधिसहित नगद २ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताको इमर्जिङ टिम उपाधि प्रभात इग्लिस वोर्डिङ स्कुल घोषित भयो।

holyland1

यस्तै, प्रतियोगिताको फाइनल खेल अघि थ्री पोइन्ट कम्पिटिसनको आयोजना गरिएको थियो । र्थी पोइन्ट कम्पिटिसन च्याम्पियन सियोन स्कुलका रिसव कुँवर बने । उनले थ्री पोइन्ट कम्पिटिसनमा सहभागि ८ जनालाई हराउदै च्याम्पियन बनेका हुन् । उनले नगद दुई हजार रुपैया, ट्रफि र मेडल प्राप्त गरे । विजेता तथा उपविजेता खेलाडिहरुलाई कार्यक्रमका सभाध्यक्ष धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्वु, प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र वेघा, पुर्व संघिय सांसद जयकुमार राई, सुनसरी बास्केटवल संघ अध्यक्ष नारायण सुवेदी, दिवंगत रेवाहाङका वावा आमा रेवतिरमण राई सुजता राई लगायतले पुरस्कार वितरण गरेका थिए ।

 प्रतियोगिता उदयमान बास्केटवल खेलाडि रहेका दिवंगत रेवाहाङ राईको स्मृतिमा रेवाहाङको परिवार, धरान मेघा कलेज र धरान बास्केटवल संघको सहकार्यमा संपन्न भएको हो । रेवाहाङको २०७७ माघ २० गते १६ वर्षको उमेरमा निधन भएको थियो । उनको संझनामा उनको परिवारले दुई लाख रुपैयाको अक्षय कोषको स्थापना गरि गत साल देखि धरान मेघा रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगिता सुरु गरिएको थियो । १६ वटा टिमले सहभागिता जनाएको प्रतियोगितामा प्राविधिक सहयोग सुनसरी बास्केटवल संघको रहेको थियो ।

भिडियो: