धरान: नेपालमा पहिलो पटक आयोजना भएको स्टोन स्किपिङ (पानी सुल्के) प्रतियोगितामा राहुल लिम्बु प्रथम भएको छ । 

चतरा हाईकिङ ग्रुपले सुनसरीको बराहक्षेत्र नगरपालिकामा आयोजना गरेको प्रतियोगितामा स्थानीयबासी लिम्बु प्रथम भएका हुन् । वडा नम्बर १ स्थित सुनसरी मोरङ्ग सिचाईं आयोजनाको चतरा नहरमा प्रतियोगिता भएको थियो । प्रतियोगितामा राजेन्द्र कार्की दोश्रो र संचारकर्मी लक्षमण कटुवाल तेस्रो भएका थिए।

प्रथम भएका राहुलले दोस्रो चरणको सेटमा क्रमशः २३ं,२२ र १४.गरि कुल ५९ अंक बटुलेका थिए । उनले एक पटकमा २३ पटकसम्म ढुंगा पानीमाथि उफार्न सफल भएका थिए । यस्तै, दोस्रो बनेका राजेन्द्रले कुल ३० अंक बटुले भने तेस्रो बनेका लक्षमणले २८ अंक बटुल्न सफल भएका थिए । 

stone 1

दुई चरणमा आयाजित प्रतियोगितामा पहिलो चरणमा एक वटा ढुङ्गाले पानीमा कम्तीमा ३ पटक उफार्न सकेमात्र दोस्रो चरणमा प्रवेश गर्न पाएका थिए । दोस्रो चरणमा पुग्ने खेलाडीलाई ३ वटा ढुङ्गा उपलब्ध गराइएको थियो । तीन पटक प्रहार गरेको ढुंगाको जम्मा उफ्राई जोडेर बिजेता घोषणा गरिएको प्रदान गरिएको आयोजक हाईकिङ ग्रुपका संस्थापक तथा संयोजक भीषण राईले बताए ।

विजेताहरुलाई प्रमुख अतिथि एवं बराहक्षेत्र नगरपालिका वार्ड १ अध्यक्ष किसन थापा, बिशिष्ट अतिथीहरु वार्ड २ अध्यक्ष होम प्रसाद गौतम, वार्ड ५ अध्यक्ष रोहित काफ्ले, मुख्य निर्णायक ज्ञान बहादुर पाण्डेले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा प्रथम, दोश्रो र तेस्रो खेलाडीले नगद ५ हजार, ३ हजार र २ हजार पुरस्कार, प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् । प्रतियोगितामा चक्रघट्टी, कालाबन्जर लगायत स्थानबाट ७० भन्दा बढीले भाग लिएका थिए ।