धरान: १८ औ ललित अम्वर डिपो कपको तेस्रो दिन आइतबार एक्वा, बराह राइजिङ, दिल्ली पब्लिक र लर्ड बुद्ध स्कुल विजयी भएको छ।

पहिलो खेलमा एक्वाले माउन्ट हर्मनलाई २-१, बराह राइजिङ्ले प्रभात स्कुललाई २-१, दिल्ली पब्लिकले बिष्णु स्कुललाई ३-० र लर्ड बुद्धले समिट स्कुललाई ५-० गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनल प्रबेश गरेको छ । पहिलो खेलमा एक्वा स्कुलका एलिस राई र रिदम श्रेष्ठले गोल गरेका थिए भने माउन्ट हर्मनका नवदिप राईले १ गोल गरे।

दोस्रो खेलमा बराह राइजिङका सुबोध कटुवाल र शिशिर कार्किले १-१ गोल गरेका थिए भने प्रभात स्कुलका आशिष् राईले गोल गरेका थिए। यसैगरि तेस्रो खेलमा दिल्ली पब्लिकका आरव श्रेष्ठ, रोहन लिम्बू र सार्थक खवासले १-१ गोल गरे। तेस्रो खेलमा लर्ड बुद्धका प्रज्वल श्रेष्ठले दुई गोल र सुशान्त भुजेल, स्वास्तिक कटुवाल र बिवन चौधरीले १-१ गोल गरे ।

आइतबार भएको खेलमा माउन्ट हर्मनका नवदिप राई, प्रभात स्कुलका दिसन बराइली, बिष्नु मेमोरियलका सोबित लिम्बू र समिट स्कुलका हर्षित जैन म्यान अफ द म्याच घोषित भए । उनीहरुलाई डिपो आदर्श बहुमुखी क्याम्पसका व्यवस्थापन समिती सदस्य सुर्य पन्धाक लिम्बुले ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए। भोलि (सोमबार)को पहिलो क्वाटर फाइनल खेल हिमशिखर तरहरा र नेपाल पुलिस र दोस्रो क्वाटर फाइनल खेल देउराली चिल्ड्रेन र मेरिल्याण्ड स्कुल बिच हुनेछ । 

तस्विरः विकास चाम्लिङ राई