धरान: १८ औं ललित अम्बर डिपो कपमा देउराली चिल्ड्रेन एमेडेमी, पुलिस स्कुल र मेरिल्याण्ड स्कुल विजयी भएको छ । 

डिपो स्कुलको खेल मैदानमा शनिबार भएको पहिलो खेलमा देउरालीले मर्निङ स्टार कालाबन्जारलाई ३(१ गोलअन्तरले हरायो । यस्तै, पुलिस स्कुलले कार्मेललाई २(० र मेरिल्याण्डले हिबिकस स्कुललाई १(० गोल अन्तरले पराजित गर्यो । 

पहिलो खेलमा देउराली स्कुलका युसन राई, उज्वल घटानी र यन्जन राईले गोल गर्दै टिमलाई जित दिलाए । मर्निङ स्टारको तर्फबाट जीवन बिष्ट्ले सान्त्वना गोल गरे । दोस्रो खेलमा पुलिसका रोवर्ट नाल्बो र नोयङ राईले गोल गरेका थिए। तेस्रो खेलमा मेरिल्यान्डका नामसाङ लिम्बुले खेलको एक मात्र निर्णायक गोल गरे । 

शनिबारको खेलमा मर्निङ स्टारका आयुष राना मगर, कार्मेलका युजिन गुरुङ र हिबिकसका सृजन खवास म्यान अफ द म्याच घोषित भए । उनीहरुलाई डिपो आदर्श बहुमुखी क्याम्पसका प्रमुख राजकुमार राईले ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए। भोली आइतबारको खेल एक्वा स्कुल र माउन्ट हर्मन, प्रभात र बराह राइजिङ, दिल्ली पब्लिक र बिष्णु मेमोरियल र अन्तिम खेल लर्ड बुद्ध र समिट स्कुल बिच हुने आयोजक डिपो स्कुलले जानकारी दिएको छ ।

तस्विरः विकास चाम्लिङ राई