धरान: १८ औ ललित अम्वर डिपो कपमा हिमशिखर स्कुल तरहरा र देउराली चिल्ड्रेन एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको छ ।

डिपो स्कुलको खेल मैदानमा जारी प्रतियोगितामा सोमबारदेखि क्वाटरफाइनल खेलहरु शुरु भएको छ । पहिलो खेलमा हिमशिखर स्कुलले नेपाल पुलिस स्कुललाई १-० र देउराली चिल्ड्रेनले मेरिल्याण्ड स्कुललाई १-० गोल अन्तरले नै पराजित गर्दै सेमिफाइनल प्रबेश गरेको हो । 

 पहिलो खेलमा हिमशिखरका मन्जिल श्रेष्ठ र दोस्रो क्वाटरफाइनल खेलमा देउरालीका धिरज लिम्बुले गोल गरे । पहिलो क्वाटरफाइनल खेलमा नेपाल पुलिसका नितेस चौधरी र मेरिल्याण्ड स्कुलका गोलकिपर अकिलेस मगर म्यान अफ द म्याच घोषित भएका थिए । उनीहरुलाइ नेपाल प्याराग्लाइडिङ संघका केन्द्रिय अध्यक्ष भुपाल चाम्लिङ राई र पुर्व राष्ट्रिय फुटबल खेलाडी इन्दु रसाइलीले प्रमाणपत्र र ट्रफी प्रदान गरेका थिए ।

यस्तै, डिपो कपको पहिलो चरणमा पराजित टिमका लागि आयोजित स्वर्गीय दिलकुमार प्लेट च्याम्पियन पनि सोमबार देखि सुरु भएको छ । प्लेट च्याम्पियनको पहिलो खेलमा मर्निङ स्टार स्कुलले आयोजक डिपो स्कुललाइ १(० र दोस्रो खेलमा कार्मेल स्कुलले हिबिकसलाइ ३(० गोल अन्तरले पराजित गरेको छ । पहिलो खेलमा मर्निङ स्टारका जीवन बिष्टले निर्णायक गोल गरे भने दोस्रो खेलमा कार्मेलका दर्शन मगरले ३ गोल गर्दै ह्याट्रिक गरे । 

भोलि मंगलबार पहिलो क्वाटर फाइनल खेल एक्वा सेकेन्डरी स्कुल र दिल्ली पब्लिक बीच हुनेछ भने दोस्रो क्वाटरफाइनल खेल बराह राइजिङ र लर्ड बुद्ध स्कुल बिच हुने आयोजक डिपोट स्कुलले जनाएको छ । 

तस्विरः विकास चाम्लिङ राई