धरान: १८ औं ललित अम्बर डिपो कपको उपाधी पुलिस स्कुल जितेको छ । 

आयोजक डिपो स्कुल खेल मैदानमा शुक्रबार भएको फाइनल खेलमा बराह राइजिङ स्टारलाई १-० को झिनो गोलअन्तरले हराउदै पुलिसले उपाधि जितेको हो । पुलिस स्कुलका अंशु बस्नेतले दोस्रो आफको ८ औं मिनटमा गरेको गोल नै खेलको निर्णायक बन्यो । 

बिजेता पुलिस स्कुलले उपाधीसङ्गै नगद ११ हजार १ सय ११ रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेता बराह राइजिङले नगद ७ हजार १ सय ११ रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । यस्तै, प्रतियोगितामा तेस्रो भएको देउराली चिल्ड्रेनले नगद ५ हजार १ सय ११ रुपैया ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

depo cup1

प्रतियोगिताको उत्कृष्ट खेलाडी बराहका शिशिर कार्की घोषित भए भने हाइ स्कोरर बराहकै सुबोध कटुवाल भए । यसैगरि, बेस्ट डिफेम्समा पुलिसका रोयल चौधरी, बेस्ट गोलकिपर पुलिसका सन्देश कुशवाह घोषित भए । फाइनल खेलको म्यान अफ द म्याच पुलिसका अंशु बस्नेत घोषित भए ।

यसैगरि, प्रतियोगिताको दिलबहादुर प्लेट च्याम्पियन कार्मेल स्कुल विजेता भएको छ । विजेता कार्मेलले नगद ३ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपबिजेता मर्निङ स्टारले नगद १ हजार ५ सय, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

depo cup final

बिजेता तथा उपबिजेता खेलाडीहरुलाई कार्यक्रमका सभाध्यक्ष डिपो स्कुल व्यवस्थापन समिति अध्यक्ष अम्बर लिम्बू, प्रमुख अतिथी धरानका उपमेयर अइन्द्रबिक्रम बेघा, अग्रज पत्रकार एवं युवा नेता भिमज्वाला राई, डिपो क्याम्पस प्रमुख राजकुमार राई, ब्यवस्थापन समिती सदस्य सुर्य पन्धाक लगायतले पुरस्कार बितरण गरेका थिए ।   तस्विरः विकास चाम्लिङ राई

भिडियो:

depo cup final5

depo cup final2

depo cup final4

depo cup final3