धरान: एक दिने मिराकल थ्री वाइ थ्री महिला पुरुष बास्केटबल प्रतियोगिताको उपाधी आयोजक मिराकल क्लब र पोखराले जितेको छ ।

धरान १६ रंगशाला स्थित इन्डोर बास्केटबल कोर्टमा शनिबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा पुरुष तर्फ आयोजक मिराकलले टावर टेम्पल कलेज बिर्तामोडलाइ ८-७ अंकको अन्तरले पराजित गर्यो । महिला तर्फ पोखरा बास्केटबल टिमले रेड डेभिल्स धरानलाई १३-५ अंकले पराजित गर्दै उपाधि जितेको हो । बिजेता मिराकल र पोखराले नगद ७ हजार रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपबिजेता टावर टेम्पल र रेड डेभिल्सले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी पुरुष तर्फ मिराकलका पारुहाङ लिम्बू र महिला तर्फ पोखराका कुसुम गुरुङ घोषित भए । उनीहरुलाई कोशी प्रदेश मुख्य प्रशिक्षक बिकाश चाम्लिङ राई, कोशी प्रदेश बास्केटबल संघ उपाध्यक्ष रोशन राई, सुनसरी बास्केटबल संघ अध्यक्ष नारायण सुबेदी, मिराकलका अध्यक्ष योक राई लगायतले पुरस्कार बितरण गरेका थिए । प्रतियोगितामा धरान, तरहरा, बिर्तामोड र पोखरा बाट बास्केटबल टिमले सहभागिता जनाएको थियो । पुरुष तर्फ २४ र महिला तर्फ ११ टिमको सहभागिता रहेको थियो ।