धरान: दुई दिने दोस्रो पिबिए महिला पुरुष बास्केटबल च्याम्पियसिपको उपाधी पोसिबल बास्केटवल एकेडेमी (पिबिए)ले जितेको छ । 

धरान १३ नम्बर वडा बाल संजालको आयोजना तथा पिबिएको संयोजनमा आयोजित प्रतियोगितामा पिबिएले महिला र  पुरुष दुबै तर्फका उपाधि जितेको हो । पिबिएले महिलातर्फ धरान ५ नम्बर वडा टिमलाई ७(२ र पुरुष तर्फ धरान १७ लाई १६(९ अंकको अन्तरले पराजित गर्दै उपाधी हात पारेको हो । महिला र पुरुष तर्फका बिजेता पिबिएले नगद ५ हजार र उपबिजेता धरान ५ र धरान १७ ले नगद २ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयर (एमभिपी)को उपाधी महिला र पुरुषतर्फ नै पिबिएका अबि लिम्बु र निर्जला राई घोषित भए । उनीहरुलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । मंसिर २९ र ३० गते आयोजित प्रतियोगितामा महिला तर्फ ७ र पुरुष तर्फ ५ टिमले सहभागिता जनाएको थियो । सहभागी टिमहरु महिला तर्फ पिबिए धरान १३, सुनगाभा स्कुल, धरान ५, ११, ९, ६ र १९ नम्बर वडाले सहभागिता जनाएको थियो । पुरुष तर्फ पिबिए, धरान १७, १६, ९ र ११ नम्बर वडाका टिमले सहभागिता जनाएको थियो । 

basket1

यसैगरि प्रतियोगिताको फाइनल खेल अघि सुनसरी बास्केटबल भेट्रान र धरान १३ स्पोर्टिङ बिच मैत्रीपुर्ण बास्केटबल खेल सम्पन्न भएको थियो । मैत्रीपुर्ण खेलमा सुनसरी भेट्रान २२(१४ अंकले बिजयी भए । खेलमा भेट्रान तर्फका बिकास चाम्लिङ राईले ब्यक्तिगत १४ अंक जोडेका थिए । बिजेता भेट्रान टिमलाइ मायाको चिनो प्रदान गरिएको थियो ।

       प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथी १३ नम्बर वडा सदस्य तारा गोले तामाङ, बास्केटबल प्रशिक्षक बिकाश चाम्लिङ राई, कोशी प्रदेश बास्केटबल संघ उपाध्यक्ष रोशन राई, हरियाली बास्केटबल प्रशिक्षक रन्जित लिम्बू लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताको सम्पुर्ण खेल धरान रंगशाला इन्डोर बास्केटबल कोर्टमा सम्पन्न भएको हो ।