धरान: कर्मचारी र जनप्रतिनिधिहरुबीच आयोजित ब्याडमिन्टन प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ । 

धरान उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले आयोजना गरेको प्रतियोगिताका विजेताहरुलाई सोमबार पुरस्कार विरतण गरिएको हो । प्रतियोगितामा पुरुषतर्फ शैलेश शाक्य र दीपक मगरको जोडी प्रथम भएको थियो भने राजिव राई र विशाल गहतराजको जोडी दोस्रो भएको थियो । यसैगरि, वडा नं १६ का अध्यक्ष मुरारी भट्टराई र वडा सदस्य मुकेश घिमिरेको जोडी तथा राम मावो र अर्जुन राईको जोडी तेस्रो भएको थियो । 

badminton1

महिलातर्फ लक्ष्मी तामाङ प्रथम, सम्झना गिरी दोस्रो र एलिना सापकोटा, मञ्जु राई तेस्रो भएका थिए । महिलातर्फ सिंगल स्पर्धा भएको थियो । प्रतियोगिताको प्रथम, दोस्रो र तेसो हुने खेलाडीहरुलाई ट्रफी, प्रमाणपत्र र क्रमशः ५ हजार, ३ हजार र १ हजार पुरस्कार वितरण गरिएको थियो । खेलाडीहरुलाई मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघाले पुरस्कार वितरण गरेका थिए ।

मेयर साम्पाङले मानिसलाई तनावमुक्त हुनको लागि खेलकुदको भुमिका हुने बताए । खेलकुदले अनुशासित बनाउने र जित्न, सफल बन्न उत्प्रेरित गराउने उनको भनाई थियो । ‘खेलकुदले अनुशासित त बनाउछ नै, म जित्छु वा सफल बन्छु भन्ने भावना जगाउदो रहेछ,’उनले भने,‘धरानलाई उत्कृष्ट बनाउन सबै इमान्दार भएर काम गर्नुपर्छ ।’

badminton2

उपमेयर बेघाले पनि खेलकुद गतिविधिहरुले जनप्रतिनिधि, कर्मचारीहरुबीचमा निकटता बढाउने र सम्बन्ध सुधार हुने बताए । उनले भने, ‘वडाध्यक्ष, मेयर, उपमेयर, कर्मचारी कस्तो हो, डराउनुपर्ने हो कि अंगालो हाल्नुपर्ने हो ? थाहै हुदैन । यस्तो गतिविधिहरुले हामीलाई एकआपसमा जोड्नेछ ।’ प्रतियोगितामा महिला ७ जना र पुरुषतर्फ २० जना खेलाडीहरु सहभागी भएको महाशाखा प्रमुख गणेशप्रसाद खतिवडाले जानकारी दिए । 

भिडियो: