धरान: मलेसियामा आयोजित अन्र्तराष्ट्रिय बक्सिङ प्रतियोगिता र उदयपुरमा आयोजित प्रदेशस्तरीय प्रतियोगितामा पदक विजेता खेलाडीहरु नगदसहित सम्मानित भएका छन् ।
सुनसरी जिल्ला बक्सिङ संघले बुधबार धरान १९ स्थित हरियाली सामुदायिक वन क्षेत्रमा सम्मान तथा वनभोज कार्यक्रम आयोजना गरि पदक विजेता खेलाडीहरुलाई सम्मान गरेको हो । उक्त कार्यक्रममा हालै ५ डिसेम्बर २०२३ मा मलेसियामा आयोजित पेनाङ ट्रेड फेयर ३४ औं इन्टरनेशनल बक्सिङ टुर्नामेन्टमा ५४ केजी तौल समुहमा काँस्य पद विजेता सिंहविर लिम्बुलाई सम्मान गरिएको थियो । उनलाई कार्यक्रमका बिशिष्ट अतिथि एवं पुर्वमेयर तिलक राई, आयोजक संघका अध्यक्ष सुधिरसिंह लिम्बु, सचिव विनोद राईलगायतले सम्मान पत्र, नगद प्रदान गरेका थिए ।
पदक विजेता खेलाडी लिम्बु धरान १५ निवासी हुन् । मात्र १९ बर्षका खेलाडी लिम्बुले यसअघि विर गणेशमान सिंह नेविस १ नम्बर प्रदेश बक्सिङ च्याम्पियनसिप २०७७ मा ५२ केजी तौल समुहमा प्रथम, नवौं राष्ट्रिय खेलकुद २०७९ प्रदेश खेलकुद छनौटमा ५७ केजी तौलमा प्रथम भएका थिए भने स्व.प्रकाश दाहाल स्मृति तेस्रो राष्ट्रिय खुल्ला पुरुष बक्सिङ प्रतियोगितामा प्रथम र बेष्ट बक्सिङ प्लेयर घोषित भएका थिए ।
सोही कार्यक्रममा गत असार १३ देखि १५ गतेसम्म उदयपुरको गाइघाटमा सम्पन्न कोशी प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताका ११ जना खेलाडीसहित प्रशिक्षक, टिम मेनेजरलाई पनि सम्मान गरिएको थियो । उक्त प्रतियोगितामा सुनसरीले पाँच स्वर्ण, ४ रजत र दुई कास्य पदक जितेर टिम च्याम्पियन बनेको थियो ।
उक्त प्रतियोगितामा ४८ केजी तौल समुहमा उज्वल सापकोटा, ५१ केजी तौल समुहमा पारस तामाङ, ६३.५ केजी तौल समुहमा दिपक राई, ८० केजी तौल समुहमा धिरज गुरुङ र ८६ केजी तौल समुहमा सनम गुरुङले स्वर्ण पदक जितेका थिए ।
यस्तै, ५४ केजी तौल समुहमा डम्बर श्रेष्ठ, ५७ केजी तौल समुहमा अखिलेस शाही, ६० केजी तौल समुहमा दर्शन राई र ६६ केजी तौल समुहमा नुमा लिम्बुले पदक रजत पदक जितेका थिए भने ६७ केजी तौल समुहमा शिवहाङ प्रसाई र ७१ केजी तौल समुहमा गर्व प्रधानले काँस्य पदक जितेका थिए ।
यसैगरि स्वयमसेवक प्रशिक्षक पावल राई, सौरभ लामा, टिम मेनेजर समन लिम्बुलाई पनि सम्मान गरिएको थियो । विजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवं उपमेयर अइन्द्रबिक्रम बेघा, बक्सिङ संघका केन्द्रीय सदस्य देवेन्द्र लिम्बु, राजनीतिककर्मी एवं समाजसेवी विनोद राई, सल्लाहकार पुर्ण सुवेदी, आयोजक संस्थाका अध्यक्ष सुधिरसिंह लिम्बुलगायतले सम्मानपत्र, नगद प्रदान गरेका थिए ।
यसैगरि, कार्यक्रममा वरिपठ बक्सिङ प्रशिक्षक अनुपकुमार लामा, दीपक राई, निमा तामाङ र किसोर सम्बाहाम्फेलाई बिशेष सम्मान गरिएको थियो । उनीहरुलाई क्रमशः कार्यक्रममा अतिथि एवं पुर्वउपमेयर मीनकुमार सुब्बा, सुनसरी उद्योग वाणिज्य संघका उपाध्यक्ष रामस्वरुप शर्मा, पृतरुमल अग्रवाल र नेपाल प्रहरीका एसपी भीम दाहालले सम्मान पत्र प्रदान गरेका थिए ।
भिडियो: