धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत शिक्षक, कर्मचारीहरुले नाक,कान,घाटी विभाग प्रमुख प्रा.डा.सङ्गीता भण्डारीको कार्यकक्षमा घेराउ गरेका छन् ।

आन्दोलनमा सहभागी विभागका स्टाफ नर्सलाई नियमविपरीत स्पष्टीकरण सोधेको भन्दै आन्दोलनरत कर्मचारी, शिक्षकहरुले डा.भण्डारीको कार्यकक्षमा घेराउ गरेका हुन् । स्टाफ नर्सलाई मेट्रोन वा अस्पताल प्रशासनमार्फत मात्रै स्पष्टीकरण सोध्न पाउने नियम विपरीत डा. भण्डारी आफैले पत्र काटेपछि आन्दोलनरत शिक्षक, कर्मचारी आक्रोशित छन् । उनीहरूले घेराउ गर्दै डा.भण्डारीविरुद्ध नाराबाजी गरिरहेका छन् ।

आन्दोलनरत पक्षले स्पष्टीकरण फिर्ता लिनुपर्ने र माफी माग्नुपर्ने माग गरेका छन् । कार्यकक्ष बाहिर नाराबाजी चलिरहदा भित्र डा.भण्डारीसङ्ग छलफल पनि चलिरहेको छ । छलफलमा कर्मचारी कल्याण समाजकी अध्यक्ष कविता ढकाल, मेट्रोन हरिमाया राई, अस्पताल निर्देशक डा.जगत नारायण प्रसाद, सहायक अस्पताल निर्देशक डा.इन्द्र लिम्बू सहभागी छन् ।

अन्तमा डा.भण्डारीले आफुले सिधै स्पष्टीकरण सोध्नु गल्ती स्वीकार गर्दै पत्र च्यातेकी थिइन् । त्यसपछि आन्दोलनरकारीहरु नाक,कान,घाँटी विभागीय प्रमुखको कार्यकक्षबाट फर्किएका थिए । डा.भण्डारी प्रतिष्ठानका का.मु.भिसी प्रा.डा.प्रहलाद कार्कीकी श्रीमती पनि हुन् । कार्यकारिणी बैठकमा अन्तर्वार्ता सुचारू गर्न नदिन श्रीमती भण्डारीले दबाब दिएकोले भिसिले का.स.मा निर्णय गर्न नमानेको आरोप लाग्दै आएको छ ।

भिडियो: