धरान: उच्च अदालत विराटनगरले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई लोकसेवा आयोगको सहभागिता विना कर्मचारी भर्ना तथा स्वतः बढुवा नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । 

सञ्जयकुमार मेहताले प्रतिष्ठानलाईसमेत विपक्षी बनाएर दायर गरेको रिटमा बुधबार सुनुवाई गर्दै उच्च अदालत विराटनगरले यस्तो आदेश दिएको हो । न्यायाधिश गणेशप्रसाद वरालको इजलाशले विपक्षीहरुलाई निवेदकको माग वमोजिम आदेश जारी गर्नु नपर्ने कारण, प्रमाणसहित बाटोको म्यादबाहेक १५ दिनभित्र जवाफ पेश गर्न पनि अदालतले आदेश दिएको छ । यस्तै, अन्तरिम आदेश छलफलको लागि अदालतले माघ १७ गतेको पेशी पनि तोकेको छ । 

उच्च अदालतबाट अल्पकालिन अन्तरिम आदेश जारी भएपछि बुधबार नै प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.सुर्यप्रसाद संग्रौलाले सुचना एवं अनुरोध जारी गर्दै अदालतको आदेश वमोजिम माघ १७ गते पेशी तोकिएको र सो अवधिसम्मको लागि बढुवा सम्बन्धी सम्पुर्ण प्रक्रियाहरु स्थगन भएको जानकारी दिएका छन् । गत बर्ष शुरुवात भएको बढुवा प्रक्रिया आधिकारिकरुपमा प्रतिष्ठानले रोकेको जानकारी दिएको यो पहिलो पटक हो । साथै, रजिष्ट्रार संग्रौलाले अस्पताल सेवा, विद्यार्थीहरुको पठनपाठनलगायत सम्पुर्ण कार्यहरु पुर्णक्षमतामा सञ्चालन गर्न, गराउन शिक्षक, कर्मचारीमा अनुरोध पनि गरेका छन् ।

uchha

uchha1