धरान: एलाइनेट जिमको आयोजनामा आगामी  चैत्र २३ र २४ गते पाँचौं मि. कोशी बडिबिल्डिङ च्याम्पियनसिप हुने भएको छ ।

एलाइनेट जिमको २१ औ प्रस्तुतिकोरुपमा पाचौ मि. कोशी आयोजना हुन लागेको आयोजक एलाइनेट जिमले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ । प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७५ केजी गरि कुल पाँच तौल समुहका करिव ५० खेलाडीहरुले सहभागिता जनाउने आयोजकको भनाई छ । 

प्रत्येक तौल समुहका विजेताले उपाधिका लागि फाइनल चरणमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ। फाइनल चरणका विजेता पाचौ मिस्टर कोशीको उपाधि विजेता घोषित हुने आयोजक एलाइनेट जिमका अध्यक्ष विक्रम लिम्वुले बताए । प्रतियोगिताका विजेताले नगद एक लाख १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरि, क्रमशः दोस्रोले नगद ५० हजार, तेस्रोले नगद ३५ हजार, चौथोले नगद २५ र पाचौले नगद २० हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । 

प्रतियोगिताका विद्या तर्फका वेस्ट पोजर, मोस्ट इम्प्रुभमेन्ट र मस्कुलर म्यान उपाधि विजेताले नगद ५ हजार ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता धरान १३ अमरहाट स्थित सामुदायिक हलमा हुनेछ । गत सालका चौथो मि. कोशीको उपाधि एनिटाइम फिटनेस धरानका सन्दिप गिरीले जितेका थिए । 

बुधबार धरान १८ वुद्धचौक स्थित एमसि क्याफेमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश १ शारिरिक सुगठन संघका अध्यक्ष केशव श्रेष्ठ, युवा नेता ऋषिराज राई, पुर्व मि. कोशी सन्दिप गिरी, पुर्व मि. धरान कविरभगत प्रधानाङग लगायतको उपस्थिति रहेको थियो ।