धरान:शनिबार (भोली) धरानमा दोस्रो खुकुरी ओपन एमेच्योर गल्फ प्रतियोगिता हुने भएको छ । 

धरान १८ स्थित गल्फ कोर्षमा हुने एक दिने प्रतियोगिता स्ट्रोक प्लेको आधारमा हुनेछ । प्रतियोगितामा ६० देखि ७० जना खेलाडीहरु सहभागी हुने अपेक्षा गरिएको आयोजक धरान गल्फ क्लबले जानकारी दिएको छ । प्रतियोगितामा धरान, काठमाण्डौं, पोखरा, नेपाल आर्मी गल्फ क्लबबाट पनि खेलाडीहरु सहभागी हुने क्लबका सचिव भरत तामाङले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा नेपालका लागी श्रीलंकाका राजदुत सुर्दसन पाथीराना पनि सहभागी हुन आउनेछन् ।

प्रतियोगितामा विभिन्न ह्याण्डीक्यापका ४ क्याटोगरीमा स्पर्धा हुनेछ । एक ह्याण्डीक्यादेखि ६ सम्म, ७ ह्याण्डीक्यापदेखि १२ सम्म, १३ देखि १८ ह्याण्डीक्यापसम्म र १९ ह्याण्डीक्यापदेखि २४ ह्याण्डीक्यापसम्म गरेर ४ वटा क्याटोगरीमा खेलाडीहरु स्पर्धा हुने आयोजकले जनाएको छ । प्रत्येक क्याटोगरीमा खेलाडीहरु पहिलो, दोस्रो र तेस्रो हुनेछन् । प्रत्येक क्याटोगोरीमा पहिलो हुनेहरुलाई समेटेर टिम प्रथम, दोस्रो हुनेहरुलाई टिम दोस्रो र तेस्रो हुने खेलाडीहरुलाई टिम तेस्रो पुरस्कार दिइनेछ । 

प्रतियोगिताको उत्कृष्ट खेलाडीकोरुपमा ग्रस विजेतालाई पुरस्कृत गरिनेछ भने महिला विजेता, जुनियर विजेता र सिनियर विजेतालाई पनि पुरस्कार दिइने आयोजक क्लबका अध्यक्ष वीरेन्द्रबिक्रम लिम्बुले जानकारी दिए । यस्तै, लंगेष्ट ड्राइभ र क्लोज टु दिन पिनको पुरस्कार पनि दिइने उनले बताए । खेलाडीहरुले पुरस्कारकोरुपमा ट्रफी पाउनेछन् । यो प्रतियोगिता गत बर्षदेखि खुकुरी रमको प्रायोजनमा शुरुवात भएको हो । पत्रकार सम्मेलनमा प्रायोजक नेपाल डिष्टिलरीका असिस्टेन्ट ब्राण्ड मेनेजर अभिषेक राज प्रधान पनि उपस्थित थिए । 

भिडियो: