धरान: धरान १८ स्थित डिपो आर्दश वहुमुखी क्याम्पसको एक हप्ते बार्षिक खेलकुद उत्सव २०८० शुक्रवार सम्पन्न भएको छ।

फागुन २० गतेदेखि सुरु भएको उत्सव २०८० को च्याम्पियन उपाधि म्यानेजमेन्टले जितेको छ । म्यानेजमेन्ट टिमले १५ गोल्ड, ८ सिल्भर र १० व्रन्ज मेडल जित्दै डिपो खेलकुद उत्सव २०८० को च्याम्पियन पनि भएको छ । यस्तै, साइन्स फ्याकल्टीले १३ गोल्ड, १९ सिल्भर र १५ व्रन्ज मेडल प्राप्त गर्दै दोस्रो भएको छ भने विविएसले ४ गोल्ड, ३ सिल्भर र २ व्रन्ज मेडल जित्दै तेस्रो भएको छ ।

च्याम्पियन टिमलाई विजेता ट्रफि प्रदान गरिएको थियो । शुक्रवार विविएस र म्यानेजमेन्ट टिम विच बास्केटवल खेलको फाइनल खेल सम्पन्न हुदै खेलकुद उत्सवको समापन भएको थियो । फाइनल खेलमा विविएस ३७–१८ अंकको अन्तरले विजयी भएको थियो । 

खेलकुद उत्सवमा एथ्लेटिक खेल तर्फ महिला पुरुष १०० मिटर २००मिटर, ४००मिटर, ८००मिटर, १५००मिटर, ३००० मिटर रेस, हाइजम्प, लङ्गजम्प, ट्रिपल जम्प, सर्ट पुट प्रतिस्पर्धा भएको थियो । यसै गरि अन्य खेलहरुमा फुटवल, बास्केटवल, भलिवल, सेपाकटेक्रो, व्याडमिन्टन र चेस खेल सम्पन्न भएको थियो । खेलकुद उत्सवका विजेता तथा उपविजेता सम्पुर्ण खेलाडिहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरेको छ ।

उनीहरुलाई क्याम्पस प्रमुख राजकुमार राई, प्रमूख अतिथि एवं व्यवस्थापन समिति अध्यक्ष हर्क राई, सदस्य सुर्य पन्धाक लिम्वु, सहायक क्याम्पस चिफ डा. एनएल राजवंशी, साइन्स संयोजक विरान लिम्वु, शिक्षक ताजुव लिम्वु लगायतले पुरस्कार वितरण गरेका थिए । प्ले ग्रुपदेखि कक्षा १० सम्मका वार्षिक खेलकुद उत्सव केहि दिन अघि सकिएको क्याम्पस प्रमुख राईले बताए । एकहप्ते उत्सवमा ११, १२ कक्षा म्यानेजमेन्ट, ११,१२ कक्षा साइन्स र पहिलो, दास्रो, तेस्रो र चौथो वर्षका विविएस विद्यार्थीहरुले सहभागिता जनाएक थिए ।   

तस्विरः बिकास चाम्लिङ राई