धरान: १५ वर्ष मुनिका एकदिने थ्री बाइ थ्री इमोर्टल बास्केटवल प्रतियोगिताको उपाधि होराइजन क्लवले चुमेको छ ।

        इमोर्टल क्लवको आयोजना तथा सुनसरी बास्केटवल संघको सहयोगमा शनिवार आयोजित फाइनल खेलमा  होराइजनले सुनाखरी स्कुललाई १२–६ अंकको अन्तरले पराजित गर्दै उपाधि जितेको हो । होराइजनले उपाधि संगै नगद ५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेताले नगद ३ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । 

imoetal1

यसैगरि प्रतियोगिताको राइजिङ्ग प्लेयर सुनाखरीकी हाङ्गसाङ्ग लिम्वु र मोस्ट भ्यालुएवल प्लेयरको उपाधि होराइजन क्लवका नुवा राई घोषित भए । उनीहरुले एक थान बास्केटवल, ट्रफि र प्रमाणपत्र प्राप्त गरे । विजेता तथा उपविजेताहरुलाई नेपाल बास्केटवल संघका केन्द्रिय सदस्य रोशन राई, सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदी, उपाध्यक्ष विवेक राई, बास्केटवल प्रशिक्षक बिकास चाम्लिङ राईले पुरस्कार वितरण गरेका थिए ।  प्रतियोगितामा २२ टिमले सहभागिता जनाएको थियो ।