धरानः दोस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपमा १४ टिमले सहभागिता जनाउने भएको छ।

डिपो स्कुलका पुर्व कार्यसमिति अध्यक्ष दिवंगत मेजर श्रवणकुमार लिम्वुको स्मृतिमा फागुन ४ गतेदेखि प्रतियोगिता शुरु हुन लागेको छ । डिपो स्कुलको आयोजना तथा सुनसरी बास्केटवल र धरान बास्केटवल संघको सहयोगमा हुने प्रतियोगिताको उद्घाटन खेल कार्मेंल हाईस्कुल र आइडियल स्कुलबीच प्रतिस्पर्धा हुने भएको छ । 

प्रतियोगिताको खेल तालिका धरान वडा १८ वडाध्यक्ष एवं पुर्व डिपो विद्यार्थी संगठन अध्यक्ष प्रविण राई, सुनसरी बास्केटवल संघ अध्यक्ष नारायण सुवेदी, डिपो क्याम्पस प्रमूख राजकुमार राई, बास्केटवल प्रशिक्षक बिकास चाम्लिङ राई, सहभागी विद्यालयका प्रतिनिधिहरु लगायतको उपस्थितिमा वुधबार तयार गरिएको थियो । 

उद्धघाटनको दिन चार खेल सम्पन्न हुने सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीले जानकारी दिए। उद्धघाटन खेलसंगै सोही दिन सुनाखरी स्कुल र सत्यशिशु, समिट स्कुल र पदम मेमोरियल र ज्ञानोदय स्कुल र प्रभात स्कुलबीच खेल हुनेछ। प्रतियोगितामा कक्षा १० सम्मका खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउनेछ । प्रतियोगिताका विजेता टिमले नगद १५ हजार रुपैया, उपविजेताले नगद ७ हजार ५ सय रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एभिपि र हाइ स्कोर उपाधि विजेताले ट्रफि र मेडल प्राप्त गर्नेछ ।

basket depo

       डिपो स्कुललाई हालको अवस्थासम्म ल्याइपुर्याउन लामो समय महत्वपुर्ण योगदान दिएका दिवंगत मेजर श्रवणकुमार लिम्वुको सम्मानमा गत सालदेखि विद्यालय स्तरीय बास्केटवल प्रतियोगिताको आयोजनाको सुरुवात गरिएको हो । प्रतियोगिता आयोजनाका लागि डिपो स्कुल र दिवंगत मेजर श्रवणकुमार लिम्वुको परिवार विच सहकार्य रहेका छ।

मेजर श्रवणकुमारले डिपो स्कुल व्यवस्थापन समिति वरिष्ठ सल्लाहकारको रुपमा १५ वर्ष, डिपो सार्वजनिक शैक्षिक गुठि व्यवस्थापन समिति अध्यक्ष १९ वर्ष  र व्यवस्थापन समितिको अध्यक्षमा १६ वर्ष लामो समय नेतृत्वमा रहि डिपो स्कुल विकासमा योगदान रहेको विद्यालयले जनाएको छ। उनकै पालामा डिपो स्कुलमा प्लस टु र व्याचलर लेवल अध्यापन सुरु भएका थिए । उनको कोरोना महामारीको कारण २०७८ साल श्रावण १५ गते निधन भएको थियो । प्रतियोगिताको सम्पुर्ण खेल धरान १८ स्थित डिपो स्कुलको बास्केटवल कोर्टमा सम्पन्न हुनेछ।