धरान: फागुन २८ गते देखि काठमाण्डौमा हुन लागेको थ्री वाइ थ्री महिला पुरुष राष्ट्रिय प्रतियोगितामा धरानको टिम पनि सहभागी हुने भएको छ । 

सुनसरी जिल्लाकै प्रतिनिधित्व गर्दै धरानबाट पुरुष टिमले सहभागिता जनाउने भएको हो । धरान बास्केटवल टिमका ५ जनाको टोलीलाई एक कार्यक्रमबीच बिदाई गरिएको थियो । उनीहरुलाई धरान १८ बुद्धचोकस्थित एमसि क्याफेमा बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राई र नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले खदा लगाएर विदाइ गरेका थिए । 

धरान बास्केटवल टिमले नेपाल बास्केटवल संघका केन्द्रिय सदस्य रोशन राईको नेतृत्वमा कविन मगर, सर्वोधन राई, सुजन राई र रियोन राजवंशिले सहभाागिता जनाउने छ । टिमका लागि धरान १० नम्बर वडाका वडाध्यक्ष एवं सुनसरी बास्केटवल संघका उपाध्यक्ष विवेक राईले जर्सी प्रदान गरेका छन् । 

नेपाल बास्केटवल संघको आयोजनामा आयोजित महिला पुरुष ओपन राष्ट्रिय प्रतियोगितामा धरानबाट पुरुष टिमले मात्र सहभागिता जनाएको हो । प्रतियोगितामा पुरुष तर्फ ४० र महिला तर्फ ८ टिमले सहभागिता जनाएको छ । प्रतियोगितामा राष्ट्रिय अन्तराराष्ट्रिय टिम तथा खेलाडिहरुको सहभागिता रहेको छ ।