धरान: २४ औ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको आय(ब्याय सार्वजनिक गरिएको छ । 

आयोजक धरान फुटबल क्लबले आज (बिहिबार) होटल पुर्वी स्टारमा पत्रकार सम्मेलन गर्दै पुर्वप्रतिवद्धता अनुसार आयव्यय सार्वजनिक गरेको हो । क्लबमा प्रताप तामाङको अध्यक्षतामा नयाँ नेतृत्व आएपछि गोल्डकप सम्पन्न भएको एक महिनाभित्र आयव्यय सार्वजनिक गर्ने प्रतिवद्धता जनाएको थियो । गोल्डकपको २४ औं सँस्करण फागुन २६ गते देखी चैत्र ३ गते सम्म आयोजना भएको थियो ।

क्लबमा नयाँ नेतृत्व आएपछि आयोजना भएको गोल्डकपले १७ लाख बढी नाफा पनि कमाएको छ । अझै २५ लाख रुपैया उठ्न बाँकी रहेको क्लबका कोषाध्यक्ष धनबहादुर राईले बताए । क्लबका अनुसार प्रतियोगितामा कुल ७६ लाख २४ हजार ५ सय ८५ रुपैया आम्दानी भएको थियो भने  ५८ लाख ९५ हजार ६ सय रुपैया कुल खर्च भएको थियो ।

हाल क्लबलाई १७ लाख २८ हजार ९ सय ८५ रुपैया बचत भएको कोषाध्यक्ष राईले जानकारी दिए । क्लबलाई कोशी प्रदेश खेलकुद बिकास बोर्डबाट १५ लाख र राष्ट्रिय खेलकुद परिषद काठमाडौबाट १० लाख रुपैया गरी २५ लाख रुपैया प्राप्त हुन बाँकी रहेको पनि आय ब्याय प्रस्तुतको गर्ने क्रममा कोषाध्यक्ष राईले बताए ।

क्लबका अध्यक्ष प्रताप तामाङले यसपटक गोल्डकपमा बढी तामझाम नगरेको र आवश्यकबाहेकका अन्य खर्च कटौती गरिएकोले वचत गर्न सकिएको बताए । क्लबलाई बिगतमा आर्थिक अपारदर्शिता भएको आरोप लाग्दै आएकोले व्यवहारिक रुपमा चिर्दै लाने पनि उनले बताए । 

भिडियो:

क्लबका अनुसार प्रतियोगितामा गेट टिकटबाट १२ लाख ८८ हजार संकलन भएको क्लबका महासचिब नबिन राईले जानकारी दिए । यस्तै धरान उपमहानगरपालिकाबाट ९ लाख, धरानका वडा कार्यालयहरुबाट ८ लाख, धरान हङकङ मन्चलगायत हङकङमा रहेका संघसस्थाबाट ६ लाख १० हजार, धरान युके समाजबाट ५ लाख र धरान युके हेल्पिङ हेन्डसबाट ४ लाख रुपैया सहयोग प्राप्त भएको पनि उनले बताए ।

प्रतियोगिताको मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रालिबाट ४ लाख, आइएमईबाट ५ लाख र क्वालिटी नुडल्स प्रालि बिराटनगरबाट २ लाख रुपैया र अन्य बिभिन्न संघ सस्था तथा व्यक्तिबाट पनि सहयोग भएको उनले बताए । प्रतियोगिताको उपाधि एनआरटी क्लब काठमान्डौले जितेको थियो । २०५५ सालबाट शुरु भएको प्रतियोगिता कोरोना समयमा बाहेक निरन्तर आयोजना हुदै आएको छ । 

dfc hisab