धरान: तेस्रो सुवास राई स्मृति सुपर ८ लिग कम नकआउट फुटबल प्रतियोगितामा वडा नं १३ समुह ए विजेता भएको छ भने वडा १४ उपविजेता हुदै सेमीफाइनल प्रवेश गरेको छ । 

लिग चरणको ३ वटा खेल जितेर ९ अंकको साथ वडा नं १३ समुह विजेता भएको हो । वडा नं १४ ले पनि आज सोमबार वडा नं ८ लाई पराजित गर्दै कुल ६ अंकको साथ समुह उपविजेता भयो । पहिलो हाफको १५ औं मिनेटमा सरोज राईले गरेको गोल नै खेलको निर्णायक बन्यो । लिग चरणको तीन खेलमध्ये दुईमा जित र एक हार व्यवहोरेको वडा १४ समुह उपविजेता भएको छ ।

उक्त खेलको म्यान अफ दि म्याच वडा १४ का विपिन श्रेष्ठ घोषित भए । उनले नगद २ हजार, मेडल र ५ सयको जिएफएक्स भौचर हात पारे । प्रतियोगितामा समुह ए तर्फको लिग चरणका सबै खेलहरु सकिएको छ । लिग चरणको खेल सकिदा वडा १४ विजेता र वडा १३ उपविजेता बनेर सेमीफाइनल प्रवेश गरेको छ भने तीन वटै खेल गुमाएको वडा ८ शुन्य अंक र वडा ५ ले एक खेल मात्र जितेर ३ अंकमा सिमित भएको थियो । वडा ८ र वडा ५ प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतियोगितामा भोली मंगलबार समुह बी तर्फको अन्तिम लिग खेल हुदैछ । वडा नं १७ र ११ बीच अन्तिम लिग खेल हुने र उक्त खेल पनि मात्र समुह बीको समुह विजेता र उपविजेता निश्चित हुने आयोजकले हाम्रो धरान भेट्रान फुटबल क्लबले जनाएको छ । समुह बीमा वडा १७ र ११ ले अन्तिम एक खेल मात्र खेल्न बाँकी रहदा वडा नं १८, वडा ११ र वडा १७ को समान ४ अंक रहेको छ । 

हाम्रो इटहरी भेट्रान सेमीफाइनल प्रवेश

तेस्रो हाम्रो धरान भेट्रान फुटबल प्रतियोगितामा हाम्रो इटहरी भेट्रान सेमीफाइनल प्रवेश गरेको छ । सोमबार भएको खेलमा सिमरा भेट्रान क्लबलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्दै हाम्रो इटहरी भेट्रान सेमीफइनल प्रवेश गरेको हो ।

हाम्रो इटहरी भेट्रानको लागि सन्तोष राईले २ गोल गरे भने लिलाराम मगर, दिपन राई र निर्मल तामाङले एक एक गोल गरे । उक्त खेलको म्यान अफ लि म्याच इटहरीका निर्मल तामाङ घोषित भए । उनले पनि नगद २ हजार र मेडल पुरस्कार हात पारे ।