धरान: तेस्रो सुवास राई स्मृति सुपर ८ फुटबल प्रतियोगितामा आइतबार वडा १७ र वडा १४ बिचको फाइनल खेल रोचक बन्यो ।

धरान १६ स्थित रंगशालामा भएको फाइनल खेलको निर्णयविहिन भएको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिए पछि खेल टाइब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा पनि ४-४ गोल भएपछि खेल सडन डेथमा पुग्यो । सडन डेथमा थप १५ जनाले प्रहार गरेपनि खेलको निर्णय हुन सकेन । 

अध्यारोको कारण पेनाल्टी प्रहार गर्न समस्या भएपछि निर्णयविहिन अवस्थामै आयोजकले खेल स्थगित गरेको थियो । खेल स्थगित गरेपछि दुवै टोलीसङ्ग आयोजकले बैठक राखेको थियो । उक्त बैठकले भोली सोमबार पुनः दिउँसो साढे ३ बजे खेल आयोजना गर्ने निर्णय गरेको म्याच कमिस्नर इन्द्र मगरले जानकारी दिए ।