धरान: दोस्रो अल्फा विटा ओपन महिला पुरुष बास्केटवल प्रतियोगिता शनिबारदेखि शुरु भएको छ ।
धरान बास्केटवल संघको आयोजना तथा सुनसरी बास्केटवल संघको सहयोगमा शुरु भएको प्रतियोगिताको उद्घाटन प्रमूख अतिथि एवं कोशी प्रदेशका सांसद विजयकुमार राईले गरेका थिए । प्रतियोगिताको उद्धघाटन खेलमा ब्रदर्स क्लव विजयी भएको छ । ब्रदर्सले अइएसएल नेपाल काठमाण्डौ ए टिमलाई ५१–४४ अंकको अन्तरले पराजित गरेको हो ।
प्रतिस्पर्धात्मक खेलमा ब्रदर्स र आइएसएल नेपालले पहिलो क्वाटरमा ९–८, दोस्रो क्वाटरमा १४–१३, तेस्रो क्वाटरमा १९–११ र चौथो क्वाटरमा ९–१२ अंक जोडेका थिए । टिमलाई जित दिलाउन ब्रदर्सका टिम क्याप्टेन कविन मगरले व्यक्तिगत २२ अंक जोडका थिए।पुरुष तर्फको दोस्रो खेलमा होलिल्याण्डले आइएसएल नेपाल वि टिमलाई ६६–१९ अंकको अन्तरले पराजित गर्यो ।
यस्तै, महिला तर्फको खेलमा युवा जागृति, रेड डेभिल्स र आइएस एल नेपाल काठमाण्डौले जित निकाल्न सफल भएको छ । युवा जागृतिले तरहरालाइ ३९–३ अंकको फराकिलो अन्तरले पराजित गर्यो । रेडडेभिल्सले इमोर्टल क्लवलाई २३–१७ र आइएसएल नेपालले धरान मेघा कलेजलाई ३५–३० अंकको अन्तरले पराजित गर्यो । आइएसएल र धरान मेघाबीचको प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा २९–२९ बराबरी अंक जोडे पछि खेल ओभर टाइममा गएको थियो । थप ५ मिनटको समयमा अइएसएल विजयी भएको हो ।
प्रतियोगितामा महिला तर्फ लिगकम नकआउटको आधारमा खेल हुनेछ भने पुरुष तर्फ नकआउटको आधारमा खेल हुनेछ ।प्रतियोगितामा महिला तर्फ ७ टिम र पुरुष तर्फ १७ टिमले सहभागिता जनाएको छ । पुरुष तर्फ आइएसएल नेपाल काठमाण्डौ ए र वि टिम, यलम्वर क्लव, तरहरा ए र वि टिम, जेविए झपा, युवा जागृति क्लव, व्रदस क्लव, धरान १३, होराइजन क्लव, युनाइटेड गोर्खा, डिपो कलेज, केन्द्रिय प्रविधि क्याम्पस हातिसार, मिराकल क्लव, इमोर्टल क्लव, होलिल्याण्ड र धरान मेघा कलेजले सहभागिता जनाएको छ ।
महिला तर्फ आइएसए नेपाल, धरान मेघा कलेज, तरहरा, युवा जागृति, रेड डेभिल्स, इलुजन झापा र इमोर्टल क्लवले सहभागिता जनाएको छ । प्रतियोगितामा पुरुष तर्फका विजेताले नगद ५० हजार, उपविजेताले नगद २५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । महिला तर्फका विजेताले नगद २० हजार र उपविजेताले नगद १० हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
व्याक्तिगत विद्या तर्फ प्रतियोगिताको धरान मेघा मोस्ट भ्यालुएवल प्लेयर उपाधि विजेताले पुरुष तर्फ नगद १० हजार र महिला तर्फ नगद ५ हजार, ट्रफि, प्रमाणपत्र र अल्फा विटा निशुल्क छात्रवृत्ति प्राप्त गर्नेछ। प्रतियोगिताको राइजिङ प्लेयरको पुरुष तर्फका उपाधि विजेताले नगद ५ हजार र महिला तर्फका विजेताले नगद २ हजार ५ सय रुपैया, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल म्याच अघि हुने तेस्रो प्रकाश पौडेल थी्र पोइन्ट कम्पिटिसनका महिला र पुरुष विजेताले जनही ५ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ।
धरान बास्केटवल संघका अध्यक्ष सुरजकुमार लामाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा सुनसरी वास्केटवल संघका अध्यक्ष नारायण सुवेदी, धरान उपमहानगरपाकिला पुर्व मेयर तिलक राई, युवा नेता तथा अग्रज पत्रकार भिमज्वाला राई, धरान १० का वडाअध्यक्ष एवं सुनसरी बास्केटवल संघका उपाध्यक्ष विवेक राई, धरान १८ का वडाध्यक्ष नरेन्द्रकुमार राई प्रविण, १६ न. वडाका वडाध्यक्ष मुरारि भट्टराई, २ न. वडाध्यक्ष रमेशकुमार राई, समाजसेवी पर्वत राई, सुनसरी फुटवल संघका अध्यक्ष नविन राई, नेपाली कांगे्रस धरान उपमहानगर अध्यक्ष श्याम पोख्रेल लगायतको उपस्थिति रहेको थियो
प्रतियोगिताको सम्पुर्ण खेल धरान १६ स्थित धरान रंगशाला इन्डोर बास्केटवल कोर्टमा हुनेछ । जेष्ठ ४ गते समापन हुने प्रतियोगिताका मुख्य प्रायोजक अल्फा विटा कोयला कन्सलटेन्सि प्रालि रहेको छ । भोली (आइतबार) महिला तर्फ युवा जागृति र धरान मेघा, तरहरा र आइएस ए नेपाल र इमोर्टल र इलुजन झापा विच हुनेछ । पुरुष तर्फ धरान मेघा र इमोर्टल क्लव र हातिसार कलेज र जेविए झापा विच हुनेछ ।