धरान: दोस्रो अल्फा विटा ओपन महिला पुरुष बास्केटवल प्रतियोगिताको दोस्रो दिन धरान मेघा, आइएस, झापा र इमोर्टल क्लव विजयी भएको छ ।

धरान बास्केटवल संघको आयोजना तथा सुनसरी बास्केटवल संघको सहयोगमा सुरु भएको प्रतियोगितामा आइतवार महिला तर्फ धरान मेघा, आइएसए नेपाल र इमोर्टल विजयी भएको छ । यसैगरि पुरुष तर्फ झापा र इमोर्टल क्लव विजयी भएको छ।
महिला तर्फको खेलमा धरान मेघा कलेजले युवा जागृति क्लवलाई ४९–१०, आइएसए नेपालले तरहरालाई ४६–२ र इमोर्टलले इलुजन झापालई २५–१५ अंकको अन्तरले पराजित गरेको थियो । महिला तर्फ लिक कम नकआउटको आधारमा संपन्न खेलको ए पोलमा आइएस ए नेपालले दवै खेलमा जित निकाल्दै समुहको अगाडि रहेको छ भने दुवै खेल खेलेका धरान मेघा कलेज र युवा जागृति क्लवले एक जित र एक हार नतिजा निकालेको छ ।
20240512_185432
तरहराले भने दुवै खेल गुमाएको छ । ए पोलका सवै टिमले एक/एक खेल खेल्न बाकी रहेको छ । तरहराले भने दुवै खेल गुमाएको छ । महिला तर्फको वि पोल समुहमा भने एक एक खेल खेलेको रेड डेभिल्स र इमोर्टलले एक एक जित निकालेको छ । इलुजन झापा पराजित भएको छ ।

सोमवार हुने लिगको अन्तिम चरणको खेलमा युवा जागृतिले आइएसए नेपाल, धरान मेघा कलेजले तरहरा र रेड डेभिल्सले इलुजन झापा संग प्रतिस्पर्धा गर्नेछ । सोमवारको खेलको नतिजाले समुह ए र समुह विको विजेता र उपविजेता निर्धारण गर्नेछ । समुह ए विजेताले समुह विका उपविजेता र समुह विका विजेताले समुह एका उपविजेता संग फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ ।

      यसैगरि पुरुष तर्फ भापाले केन्द्रिय प्रविधि क्याम्पस हातिसारलाई ३८–१७ र इमोर्टल क्लवले धरान मेघा कलेजलाई ६५–३९ अंकको अत्तरले पराजित गरेको छ । नकआउटको आधारमा भएको पुरुष तर्फ सोमवार युवा जागृति र तरहरा ए र तरहरा वि र होराइजन विच खेल हुनेछ ।
       प्रतियोगिताको सम्पुर्ण खेल धरान १६ स्थित धरान रंगशाला इन्डोर बास्केटवल कोर्टमा संपन्न भइरहेको छ ।प्रतियोगिता जेष्ठ ४ गते समापन हुनेछ । प्रतियोगिताका मुख्य प्रायोजक अल्फा विटा कोयला कन्सलटेन्सि प्रालि रहेको छ ।