धरान: दोस्रो अल्फा विटा ओपन महिला पुरुष बास्केटवल प्रतियोगितामा महिला तर्फ धरान मेघा कलेज र आइएसए नेपाल काठमाण्डौ र पुरुष तर्फ यलम्वर क्लव र इमोर्टल क्लव फाइनलमा भिड्ने पक्का भएको छ ।

विहिवार भएको महिला तर्फको सेमिफाइनल खेलमा आइएसए नेपालले इमोर्टल क्लव धरानलाई ३९–२७ र धरान मेघाले रेड डेभिल्सलाई ३६–९ अंकको फराकिलो अन्तरले पराजित गदै फाइनलमा स्थान पक्का गरेको हो । महिलातर्फको पहिलो सेमिफाइनल खेलमा आइएसए नेपाल र इमोर्टल क्लवले प्रत्येक क्वाटरमा ९–५, १०–७, १०–८ र १०–७ अंक जोडेका थिए । 

दोस्रो सेमिफाइनल खेलमा सहज जित निकालेका धरान मेघा कलेज र रेड डेभिल्सले प्रत्येक क्वाकटरमा ११–४, ६–३, ८–० र ११–२ अंक जोडेका थिए । यसै गरि, पुरुष तर्फको सेमिफाइनल खेलमा इमोर्टल क्लवले युवा जागृति क्लवलाई ६७–३५ र यलम्वर क्लवले जेविए झापालाई ७५–३१ अंकले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । दुवै टिमले सहज जित निकालेका इमोर्टल र युवा जागृतिले प्रत्येक क्वाटरमा १८–५, १६–८, १७ –८ र १६ –१४ जेडे । 

दोस्रो सेमिफाइनल खेलमा यलम्वर र जेविए झापाले प्रत्येक क्वाटरमा १५–६, १५–११, २२–६ र २३–८ अंक जोडेको थियो । उपाधिका लागि पहिलो फाइनल खेल महिला तर्फ जेष्ठ ४ गते शुक्रवार धरान मेघा कलेज विरुद्ध आइएसए नेपाल काठमाण्डौ र पुरुष तर्फ यलम्वर क्लव विरुद्ध इमोर्टल क्लव विच प्रतिश्पर्धा हुनेछ । 

20240516_181445

प्रतियोगितामा पुरुष तर्फका विजेताले नगद ५० हजार, उपविजेताले नगद २५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । महिला तर्फका विजेताले नगद २० हजार र उपविजेताले नगद १० हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसै गरि व्याक्तिगत विद्या तर्फ प्रतियोगिताको धरान मेघा मोस्ट भ्यालुएवल प्लेयर उपाधि विजेताले पुरुष तर्फ नगद १० हजार र महिला तर्फ नगद ५ हजार, ट्रफि, प्रमाणपत्र र अल्फा विटा निशुल्क छात्रवृति प्राप्त गर्नेछ । प्रतियोगिताको राइजिङ प्लेयरको पुरुष तर्फका उपाधि विजेताले नगद ५ हजार र महिला तर्फका विजेताले नगद २ हजार ५ सय रुपैया, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । 

प्रतियोगिताको फाइनल खेल अघि तेस्रो प्रकाश पौडेल थ्री पोइन्ट कम्पिटिसन हुनेछ । थ्री पोइन्ट कम्पिटिसनका विजेता महिला र पुरुष विजेताले जनहि ५ हजार, ट्रफि र प्रमाणपत्र प्राँप्त गर्नेछ ।प्रतियोगिताको सम्पुर्ण खेल धरान १६ स्थित धरान रंगशाला इन्डोर बास्केटवल कोर्टमा संपन्न भइरहेको छ ।तस्विरः विशेष गुरुङ्ग