धरान: दास्रो अल्फा विटा ओपन महिला पुरुष बास्केटवल प्रतियोगितामा महिला तर्फ आइएसए नेपाल काठमाण्डौ र पुरुष तर्फ इमोर्टल क्लब च्याम्पियन भएको छ । 

धरान रंगशालास्थित इन्डोर बास्केटवल कोर्टमा शुक्रवार सम्पन्न महिलातर्फको फाइनलमा आइएसए नेपालले धरान मेघा कलेजलाई ३९–३१ अंकको अन्तरले पराजित गर्दै च्याम्पियन बन्यो । पहिलो क्वाटरमा ५–५ वरावर अंक जोडेको आइएसए र धरान मेघाले दोस्रो क्वाटरमा ११–१३ अंक जोडेर पहिलो हाफमा मेघा १८–१६ अंकले अग्रता लिएको थियो ।

दोस्रो हाफमा आइएसले आफ्नो खेल सुधार गर्दै तेस्रो क्वाटरमा १२–४ र चौथो क्वाटरमा ११–९ अंकको अग्रता बनाउदै उपाधि चुम्यो । आइएसए नेपालले उपाधि संगै नगद २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । टिमलाई उपाधि दिलाउन प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गरेका सन्ध्या डंगोल प्रतीयोगिताको उत्कृष्ट खेलाडि पुरस्कार एमभिपि उपाधि विजेता घोषित भइन् । उनले नगद ५ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरिन् । डंगोलले फाइनल खेलमा व्यक्तिगत २१ अंक जोडेकी थिइन् । उपविजेता धरान मेघा कलेजले नगद १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

basket final2

यसैगरि पुरुष तर्फको खेलमा इमोर्टल क्लवले यलम्वर क्लवलाई ७५–५६ अंकको अन्तरले पराजित गर्दै च्याम्पियन भए । सहज जित निकालेको इमोर्टलले प्रत्येक क्वाटरमा यलम्वर विरुद्ध १५–१२, २१–११, २१–१५ र अन्तिम क्वाटरमा १८–१८ अंक जोडेको थियो । इमोर्टलले उपाधि संगै नगद ५० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । इमोर्टलबाट उत्कृष्ट प्रदर्शन गरेका अभिषेक डंगोल प्रतियोगिताका उत्कृष्ट खेलाडि एमभिपि उपाधि विजेता घोषित भए । उनले नगद १० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरे । उपविजेता बनेको यलम्वरले नगद २५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । 

basket final5

प्रतियोगिताको राइजिङ्ग प्लेयर महिला तर्फ इमोर्टल क्लवका सुनिता राई र पुरुष तर्फ सविन राई घोषित भए । सुनिता राईले नगद २ हजार ५ सय, र सविन राईले नगद ५ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताको फाइनल खेल अघि तोस्रो प्रकाश पौडेल थ्री पोइन्ट कम्पिटिसन सम्पन्न भएको थियो । थ्री पोइन्ट च्याम्पियन उपाधि महिला तर्फ धरान मेघा कलेजकी सितल तामाङ्ग र पुरुष तर्फ यलम्वर क्लबका दिवस राईले जिते । उनीहरुले जनही नगद ५ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरे । 

विजेता तथा उपविजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ, सभाध्यक्ष धरान बास्केटवल संघका अध्यक्ष सुरजकुमार लामा, सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदी, उपाध्यक्ष विवेक राई, एकिकृत समाजवादी धरान उपमहानगर अध्यक्ष रेवतिरमण राई, अल्फाविटा कन्सलटेन्टका डाइरेक्टर सन्जिव वान्तावा लगायतले वितरण गरेका थिए । 

धरान बास्केटवल संघको आयोजनामा भएको प्रतियोगिताको सम्पुर्ण खेल इन्डोर बास्केटवल कोर्ट धरान रंगशालामा सपन्न भएको थियो । प्रतियोगितामा प्राविधिक सहयोग सुनसरी बास्केटवल सघको रहेको थियो ।

तस्विरः विशेष गुरुङ

basket final7

basket final3

basket final4

basket final6