धरान: धरान १७ पटनालीस्थित ज्वालामुखी मावि दोस्रो अन्तर माध्यमिक विद्यालयस्तरीय छात्रा नकआउट फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
धरान १६ स्थित रंगशालामा बिहिबार सम्पन्न फाइनल खेलमा धरान १५ स्थित होलिल्याण्ड स्कुललाई २–० गोलअन्तरले हराउदै ज्वालामुखी च्याम्पियन बनेको हो । पहिला हाफको २५ औं मिनेटमा प्रतिमा लिम्बु र दोस्रो हाफको २७ औं मिनेटमा स्मृका लिम्बुले गोल गर्दै ज्वालामुखीलाई उपाधि जिताइन् ।
भिडियो:
च्याम्पियन ज्वालामुखीले नगद २० हजार, ट्रफी र मेडल हात पार्यो भने उपविजेता होलिल्याण्डले नगद १० हजार, ट्रफी र मेडलमा चित्त बुझायो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी ज्वालामुखीकी प्रतिमा घिमिरे घोषित भइन् ।
फाइनल खेलको म्यान अफ दि म्याच ज्वालामुखीका स्मृका राई घोषित भइन् भने वेष्ट गोलकिपर ज्वालामुखीकी आशा राई, वेष्ट डिफेन्डर होलिल्याण्डकी स्वेता यल्मो, वेष्ट मिडफिल्डर होलिल्याडकी युश्मा श्रेष्ठ र वेष्ट कोचमा ज्वालामुखीका भीमकुमार राई घोषित भए । यसैगरि, प्रतियोगितामा ६ गोल गरेकी डिपोट स्कुलकी दृष्टि राईले हाइ स्कोरर पुरस्कार जितिन् भने उदयीमान खेलाडी पञ्चकन्या माविकी अञ्जना राई घोषित भइन् ।