धरान:विश्वमा युवाहरु माझ लोकप्रिय बन्दै गएको फाइट गेम एमएमए (मिक्स मार्सल आर्ट) खेल धरानमा पनि सुरु हुने भएको छ।

आगामी असारदेखि वरियर्स डेन ट्रेनिङ्ग सेन्टरले धनकुटे रोडस्थित बुढासुब्बा फुटसलको हलमा एमएमए फाइटको प्रशिक्षण सुरु गर्न लागेको हो । काठमाण्डौ र पोखरा गरि तीन स्थानमा मात्र प्रशिक्षण हुने एमएमए फाइट प्रशिक्षण कोशी प्रदेश भरि धरानमा यो पहिलो हो । वरियर्स डेन युवा नेता सन्तोष विक र एमएमए खेलाडी एलिस लिम्वुले संचालन गर्न लागेको हो ।

व्यवसायिकरुपमा खोल्न अघि वरियर्सले यहि असार १६ गते देखि २२ गतेसम्म एक हप्ते एमएमए सेमिनारको आयोजना गरेको छ । एमएमए फाइट खेलको प्रवद्धन तथा आधारभुत प्रशिक्षण दिनका लागि एक हप्ते एमएमए फाइट सेमिनारको आयोजना गरिएको वरिवर्स डेनका संचालक एवं एमएमए खेलाडि एलिस लिम्वुले जानकारी दिए । एक हप्तासम्म चलेको सेमिनार तथा प्रशिक्षणमा सहभागी विद्यार्थीहरुलाई युकेबाट आएका एमएमए फाइटका प्रोफेसनल खेलाडी रिर्चड मर्सन र एलिस लिम्वुले प्रशिक्षण दिएका थिए।

fight1

सेमिनारमा धरान आर्दश, केके स्कुल र डिपि विलिभर्स स्कुलका विद्यार्थीहरुले सहभागिता जनाएका थिए । उनीहरुलाई एमएमए फाइट प्रशिक्षणसंगै सहभागीहरुलाई एमएमए खेलको विषयमा जानकारी समेत गराइएको अर्का संचालक विकले जानकारी दिए । एमएमए फाइट एग्रेसिभ र फरक खेलको रुपमा बुझ्ने गरेको पाइन्छ । तर यो खेल पनि अन्य खेलकुद जस्तै सामान्य हो । यो फाइट आर्ट हो । यस खेलले अनुशासन, हार्डवर्क, फिटनेस र सेल्फ डिफेन्स सिकाउने प्रशिक्षक एलिस लिम्वुले बताए। लिम्वुले भने, 'एमएमए प्रशिक्षणमा सहभागि विद्यार्थीहलाई तिन विद्या सिकाउछौ ।' 

fight2

प्रशिक्षक लिम्बुका अनुसार पहिलो कसरी सेल्फ डिफेन्स गर्ने व्राजिलियन फिजित्सु आर्ट, दोस्रो कसरी लडाउने भनेर रेस्लिङ आर्ट र कसरि डिफेन्स गर्दै प्रहार गर्ने कला स्ट्राइकिङ आर्ट सिकाइन्छ । विभिन्न फाइट आर्टहरुको मिश्रण रहेको खेल एमएमए फाइट आर्ट अमेरिकाबाट सुरु भएको हो । अहिले विश्वमा नै लोकप्रिय र व्यावसायिक रुपमा यो खेल सफल बन्दै गइरहेको लिम्वुले बताए। लिम्वु आफै पनि केही महिना पछि माल्दिभ्समा हुन लागेको एमएमए फाइटमा वरियर्स डेनबाट नेपालको प्रतिनिधित्व गर्दै खेल्न जान लागेका छन्।