धरान: आन्दोलित १० राजनीतिक दलहरुले वृद्धि भएको खानेपानी महशुल तथा शुल्क पुरानै दररेट कायम नभएसम्म नबुझाउन अपिल गरेका छन् ।

धरान खानेपानी व्यवस्थापन बोर्डमा आइतबार धर्नासँगै तालाबन्दी गरेका राजनीतिक दलहरुले साँझ संयुक्त अपिल जारी गर्दै यस्तो अपिल गरेका हुन् । दलहरुले दोस्रो चरणको विरोधका कार्यक्रम अन्तर्गतर साउन २१ गते सोमबारदेखि महशुल काउन्टरमा तालाबन्दी गर्ने पनि अपिलमा उल्लेख गरिएको छ । ‘साथै वृद्धि भएको खानेपानीको महशुल तथा शुल्क पुरानै दररेट कायम नभएसम्म खानेपानीको महशुल तथा शुल्क नबुझाउन सम्पुर्ण धरानबासी आमाबुबा, दाजुभाई, दिदीबहिनीहरुमा हार्दिक अपिल गर्दछांै,’ अपिलमा भनिएको छ ।

दलहरुले धरानबासीको मागप्रति सुनुवाई नगर्दा चरणबद्ध आन्दोलनमा उभिनुपरेको पनि उल्लेख गरेका छन् । साउन ११ गते तीन बुँदे माग राखेर ७२ घण्टाको अल्टिमेटमसहित ज्ञापन पत्र बुझाएको तर खानेपानी बोर्डको स्वघोषित अध्यक्ष हर्कराज राईले वार्ताको कुनै पहल नगरेकाले बाध्य भएर चरणबद्ध आन्दोलनमा उत्रनुपरेको पनि दलहरुले बताएका छन् । 

10 parties