धरान: खानेपानी महशुलको मुल्यवृद्धि फिर्ताको माग गर्दै धरानका १० राजनीतिक दलहरु आन्दोलित हुदै खानेपानी बोर्डमा तालाबन्दी गरेपछि आइतबार बोर्ड अध्यक्षसमेत रहेका मेयर हर्कराज राई (साम्पाङ)ले कार्यकक्षमा पत्रकार सम्मेलन गरे । 

पत्रकार सम्मेलनमा मेयर साम्पाङले महशुल वृद्धि गरेको स्वीकार गर्दै आफ्नो बाध्यता भएको बताए । उनले समय सापेक्ष महशुल तथा शुल्क वृद्धि गर्न बाध्य हुनुको कारण एडिबिबाट लिएको ऋण तिर्नु रहेको जिकिर गरे । ‘शुल्क बढेको यथार्थ हो, मुल्य बढ्नु उचित होइन तर बाध्यतावश भएको हो । २०७४ सालदेखि यता वृद्धि नभएको रहेछ, समय सापेक्ष वृद्धि गर्नुपर्ने बाध्यता रह्यो, र वृद्धि गर्न बाध्य भयौ,’ उनले भने,‘विगतमा खानेपानीको नाममा एडिबिबाट ल्याइएको ऋण तिर्नुपर्ने बाध्यता छ ।’

मेयर साम्पाङले विगतमा दलहरुले नै ऋण लिने निर्णय र सहमति गरेको भन्दै ५७ करोड १९ लाख रुपैया तिर्नुपर्ने ऋण मिनाहा भए मात्र मुल्यवृद्धि फिर्ता लिने पनि बताए । उनका अनुसार नगर विकास कोषबाट पटक पटक पत्राचार भएको र अहिले उपप्रबन्धक देवान राई स्वयम ऋण तिर्नु भन्दै आएका थिए । 

‘गत बर्ष असारसम्म ६ करोड १ लाख ११ हजार ६८ रुपैया तिर्न सकेनौं, यो बर्ष पनि दायित्व त्यति नै छ । यो तिर्नको लागि र प्रत्येक साल किस्ता घटाउदै लैजानको लागि पानीको बिल समय सापेक्ष संधोशन गर्न बाध्य छौं,’ उनले भने,‘हामीलाई ५१ करोड १७ लाख ९९ हजार ९२२ रुपैया ऋण छ, र एडिबिलाई बुझाउनुपर्ने कुल ५७ करोड १९ लाख १० हजार ९९० रुपैया छ । यो पैसा तिर्नुपर्ने हुन्छ । कि त यो ५७ करोड १९ लाख मिनाहा गरिदिनुपर्यो, म मुल्यवृद्धि फिर्ता लिइहाल्छु ।’

भिडियोः

नगर विकास कोषको पत्र:

nagar kosh

nagar bikas kosh1