धरान: सुनसरी जिल्ला ब्याडमिन्टन संघ पर्नगठन गरिएको छ ।
पुर्नगठन कार्यक्रमबाट प्रतिक श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । उक्त समितिको उपाध्यक्षमा मणिराज गुरुङ र सुरेश नियोङ लिम्बू चयन भएका छन् भने सचिवमा सुरेश कार्की र कोषाध्यक्षमा मन्त बहादुर तामाङ चयन भएका छन् ।
यसैगरि, ४ जना सदस्यमा शुभाष कुमार भट्टराई, राजेश गौतम, पहलमान कटुवाल र श्याम प्रसाद लो चयन भएका छन् । संघको विधान अनुसार १५ जना कार्यसमितिमा रहने व्यवस्था छ । बाँकी ६ जना सदस्य अध्यक्ष एवं कार्यसमितिले मनोनयन गर्ने नवनिवार्चित अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
उक्त कार्यक्रममा सुनसरी जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष दिपक राई प्रमुख अतिथि रहेका थिए भने नेपाल ब्याडमिन्टन संघका प्रतिनिधिको रुपमा केन्द्रिय उपाध्यक्ष चन्द्रशेखर लामा बिशिष्ट अतिथि रहेका थिए । पुर्नगठन कार्यक्रममा निर्वाचन अधिकृत अधिबक्ता रेवती रमण भण्डारी रहेका थिए ।