धरान: आगामी असोज पहिलो साता धरानमा तीन दिने तेस्रो आमन्त्रित अन्तराष्ट्रिय सन्जिवनी फुटसल प्रतियोगिता हुने भएको छ ।
धरान १३ स्थित सन्जिवनी केन्द्रले आइतबार पत्रकार सम्मेलन गर्दै असोज ३,४ र ५ गते प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो । दुर्व्यसनीमा फसेका तथा छुटेका युवहरुलाई सामाजिकीकरण गर्न साथै भाइचारा कायम गर्न फुटसल प्रतियोगिता गराउदै आएको अध्यक्ष सम्पुर्ण ताम्राकारले जानकारी दिए । उनका अनुसार यो बर्ष रिकभरिहरुको मात्रै प्रतियोगिता हुनेछ ।
प्रतियोगितामा ओपन रिकभरिङ टिम, भेट्रान टिम र महिला टिमको छुट्टाछुट्टै प्रतिस्पर्धा हुने जानकारी दिए । महिलाको पहिलो पटक प्रतियोगिता हुन लागेको हो ।भेट्रान टिममा ४० बर्ष पुगेका २ जना र बाकी खेलाडी खेलाडी ४२ बर्ष माथिका हुनुपर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा धरान, पोखरा, काठमाडौ, चितवन, झापा, मोरङसङ्गै भुटान, सिलगुडी, सिक्किम, दार्जीलिङ, ग्यान्टोकबाट पनि टिमहरु सहभागी हुने अध्यक्ष ताम्राकारले जानकारी दिए ।
प्रतियोगितामा ओपन रिकभरिङ तर्फ विजेताले पुरस्कर नगद २ लाख, उपविजेताले नगद १ लाखसहित ट्रफी, प्रमाण पत्र र मेडल पाउने आयोजकले जानकारी दिएको छ । यस्तै, भेट्रानतर्फ प्रथम पुरस्कर नगद ५० हजार, दोस्रो पुरस्कर ३० हजार र तेस्रो २० हजार पुरस्कर पाउने अध्यक्ष ताम्राकारले बताए । महिला तर्फ प्रथम पुरस्कर २० हजार र दोस्रोलाई १० हजार दिइने पनि उनले बताए ।
प्रतियोगितामा व्यक्तिगत पुरस्करतर्फ उत्कृष्ट उत्कृष्ट खेलाडी र गोलकिपरले जनही नगद ५ हजार, ट्रफी र प्रमाणपत्र पाउने आयोजकले जानकारी दिएको छ । ओपन रिकभरिङतर्फ सेमीफाइनलदेखी म्यान अफ द म्याच पुरस्कर प्रदान गर्ने र प्रतियोगिताको कुल अनुमानित लागत १५ लाख रहेको पनि आयोजकले जानकारी दिएको छ ।
संजिवनी केन्द्र युवाहरुलाई लागु औषध दुर्व्यसनी वाट मुक्त गराउन तथा परामर्शका लागि स्थापना भएको संस्था हो । यो संस्था २०६५ सालमा स्थापना भएको संस्था हो । यस संस्थाको कार्यलय धरान उपमहानगरपालिका वार्ड न. १३ मा रहेको छ । केन्द्रले हाल सम्म धरान, पोखरा, काठमाण्डौ, मोरङ, झापा लगायत भारतका विभिन्न स्थानका लागुऔषध दुर्व्यसनिमा फसेका दुईहजार भन्दा वढि युवाहरुलाई परामर्श तथा सेवा (उपचार) दिइसकेको छ ।
भिडियो :