धरान: ‘दोस्रो केपी राई मेमोरियल ओपन हाम्रो फुटसल कप’ भदौ अन्तिम साता धरानमाआयोजना हुने भएको छ ।

नेचर क्लब धरानको आयोजनामा प्रतियोगिता भदौ २७, २८  र २९ गते देखी तिन दिनसम्म सन्चालन हुने क्लबले आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । प्रतियोगितामा धरान, इटहरी, तरहरा, पोखरा, झापा, मोरङ्ग, भारतका सिक्किम लगायत वाट १६ टिमले सहभागिता जनाउने क्लबका अध्यक्ष कृष्ण राईले बताउनुभयो । प्रतियोगिता धरान ८ स्थित हाम्रो फुटसलमा हुनेछ ।

प्रतियोगितामा राष्ट्रिय फुटसल खेलाडिहरुको समेत सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले नगद दुई लाख, उपबिजेताले  नगद १ लाखसहित टफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको बिधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडिले नगद १५ हजार, उत्कृष्ट गोलकिपर, हाइस्कोरर र उदयीमान खेलाडिले जनही नगद १० हजार रुपैया प्राप्त गर्नेछन । यस्तै, उत्कृष्ट प्रशिक्षकले नगद ५ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको प्रत्येक खेलका म्यान अफ द म्याचले नगद १ हजार, ढफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।

पहिलो संस्करणमा धरानका गार्डेन एफसिले उपाधि जितेका थियो । यसपटक पुरस्कार राशीमा बृदि गरिएको आयोजकले जनाएको छ । पहिलो सस्करणको पुरस्कार राशि नगद ५० हजार थियो । 
प्रतियोगिता धरान १३ निवासी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि रवि राईको दिवंगत बुवा केपि (कालिप्रसाद) राईको स्मृतिमा आयोजना गरिएको हो ।

दिवंगत केपि राई भारतिय भुपु गोर्खा सैनिक संघमा रहेर सामाजिक काममा सक्रिय हुनुहुन्थ्यो । पत्रकार सम्मेलनमा धरान-१८ का वडाध्यक्ष प्रबिन राई, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनक ॠषि राईलगायतको उपस्थिती रहेको थियो ।