धरान: आगामी असोज ३ गते देखि ५ गते सम्म हुन लागेको तेस्रो आमन्त्रित अन्तर्राष्ट्रिय संञ्जीवनि फुटसल प्रतियोगिताको ट्रफि सनिवार आयोजकले सार्वजनिक गरेका छन् ।

       प्रतियोगिता प्रचारका लागि ट्रफि सार्वजनिक संगै सोहि दिन नेपाल पत्रकार महासंघ सुनसरी पत्रकार टिम र आयोजक संञ्जीवनि केन्द्र विच मैत्रिपुर्ण फुटसल समेत संपन्न भएको थियो । पत्रकार महासंघ टिम र आयोजक विच भएको मैत्रिपुर्ण खेल वरावरि ४–४ गोलमा सकिएको थियो ।

नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, अग्रज पत्रकार हर्ष सुव्वा, पत्रकार महासंघ कोशि प्रदेश कमिटि सचिव देवेन्द्र कार्कि, संञ्जीवनि केन्द्रका अध्यक्ष सम्पुर्ण ताम्रकारले संयुक्त रुपमा ट्रफिको पर्दा हटाएर ट्रफि सार्वजनिक गरेका थिए ।  

प्रतियोगितामा सहभागि टिम तथा खेलाडिहरु सवै पुनस्थापना केन्द्रको प्रतिनिधित्व भएर सहभागिता जनाउने छ । प्रतियोगितामा ओपन रिकभरिङ टिम, भेट्रान टिम र महिला टिमको भिन्नभिन्नै प्रतिश्पर्धा हुनेछ । भ्रेटान टिममा ४० वर्ष पुेगेका २ जना र वाकि खेलाडि ४० वर्ष माथिका हुनु पर्नेछ ।

20240908_202307

प्रतियोगितामा धरान, पोखरा, काठमाण्डौ, चितवन, झापा, मोरङ्ग, भुटान, भारतका सिलगुरी, सिक्किम, डार्जिलिङ्ग, गाङटोक लगायत वाट टिमले सहभागिता जनाउने आयोजक संञ्जीवनि केन्द्रका अध्यक्ष सम्पुर्ण ताम्रकारले जानकारी गराए ।

प्रतियोगितामा ओपन रिकभरिङ तर्फ प्रथम पुरस्कार नगद दुई लाख, दोस्रो पुरस्कार नगद १ लाख, ट्रफि, मेडल र प्रमाण पत्र रहेको छ । भे्रटान तर्फ प्रथम पुरस्कार नगद ५० हजार, दोस्रो ३० हजार र तेस्रो २० हजार, ट्रफि, मेडल र प्रमाणपत्र हुनेछ । महिला तर्फ प्रथम पुरस्कार नगद २० हजार र दोस्रो पुरस्कार नगद १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र हुनेछ ।

यसैगरि प्रतियोगिताका व्यक्तिगत पुरस्कार तर्फ उत्कृष्ट खेलाडि र गोलकिपरले जनहि नगद ५ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगगरि ओपन रिकभरिङ प्रतियोगिता तर्फ सेमिफाइनल देखि म्यान अफ द म्याच पुरस्कार प्रदान गरिने छ । म्यान अफ द म्याचले नगद पुरस्कार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको अनुमानित वजेट १५ लाख रुपैया रहेको छ । प्रतियोगिताको संम्पुर्ण खेल धरान १६ स्थित विवि फुटसलमा हुनेछ ।