धरान: तेस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो बास्केटवल रनिङ्ग कप बिहिबारदेखि शुरु भएको छ । 

धरान १८ स्थित डिपो स्कुलको बास्केटवल कोर्टमा शुरु भएको प्रतियोगिताको पहिलो दिन सुनाखरी, लोटस, प्रभात र दिल्लि पव्लिक स्कुल विजयी भएको छ । प्रतियोगिताको पहिलो खेल सुनाखरी स्कुलले कार्मेल स्कुललाई ३२–१९, दोस्रो खेलमा लोटसले धरान मेघा हिमालयनलाई ३९–१४, तेस्रो खेलमा प्रभातले डिपो स्कुललाई २३–२१ अंक र चौथो खेलमा दिल्लि पव्लिकले प्याराडाइस स्कुल तरहरालाई ३९–२६ अंकले पराजिता गरेको थियो । 

पहिलो खेलमा सुनाखरी र कार्मेल स्कुलले प्रत्येक क्वाटरमा ८–३, ५–६, १०–८ र ९–२ अंक जोडेको थियो। दोस्रो खेलमा लोटस स्कुल र धरान मेघाले प्रत्येक क्वाटरमा ४–१, १०–२, १४–३ र ११–८ अंक जोडेको थियो । यस्तै, तेस्रो खेलमा प्रभात स्कुल र डिपो स्कुलले निर्धारित समयको खेलमा बराबरी अंक जोडे पछि खेल थप समयमा धकेलिएको थियो । 

पाँच मिनटको थप समयमा प्रभात स्कुलले डिपो स्कुल विरुद्ध ४–२ अंक जोड्दै जित हात पारेको थियो । निर्धारित समयको खेलमा प्रभात र डिपो स्कुलले प्रत्येक क्वाटरमा ३–९, ३–२, २–५ र ३–११ अंक जोडेको थियो । चौथो खेलमा दिल्लि पव्लिक र प्याराडाइस तरहराले ९–०, ४–८, १४–१५ र १२–३ अंक जोडेको थियो । 

डिपो स्कुलको आयोजना तथा धरान बास्केटवल संघको व्यवस्थापनमा आयोजित प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि धरान १८ नम्बर वडाका वडाध्यक्ष प्रविण राईले गरेका थिए । प्रतियोगिता डिपो स्कुललका व्यवस्थापन समितिका पुर्व अध्यक्ष दिवंगत श्रवणकुमार लिम्वुको स्मृतिमा आयोजना गरिएको हो । लिम्बुको २०७८ साल श्रावण १५ गते निधन भएको थियो । डपो स्कुलको विकासमा लिम्वुको विशेष योगदान रहेकोले उनको सम्मान तथा स्मृतिमा परिवारसँग सहकार्य गरेर प्रतियोगिताको आयोजना गरिएको कार्यक्रमका सभाध्यक्ष डिपो स्कुल व्यवस्थापन समिति अध्यक्ष क्याप्टेन अम्मरवहादुर लिम्वुले वताए ।

उद्घाटन कार्यक्रम पश्चात लिम्वुको सम्झानामा उनको तश्विरमा माल्यापर्ण गरि एक मिनट मौनधारण गरेर श्रदान्जली पनि अर्पण गरिएको थियो । प्रतियोगितामा विभिन्न १७ टिमले सहभागिता जनाएको छ । कक्षा १० सम्मका खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने प्रतियोगिताको विजेता टिमले नगद १५ हजार, उपविजेताले नगद ७ हजार ५ सय रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर (एमभिपि)ले ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ।

सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा प्रतियोगिताको सम्पुर्ण खेल डिपो आर्दश बहुमुखी क्याम्पसको बास्केटवल कोर्टमा सम्पन्न हुनेछ। भोली शुक्रबारको खेल प्रभात र होलिल्याण्ड, विष्णु स्कुल र आइडियल, सत्यशिसु निकेतन र समिट स्कुल, पुर्वाञ्चल स्कुल तरहरा र सियोन स्कुल र युनाइटेड गोर्खा र हिमशिखर स्कुल तरहराबीच हुनेछ । 

प्रतियोगिताको उद्घाटनमा विशेष अतिथि नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, डिपो स्कुल गुठियार अध्यक्ष भिमराज लिम्वु, सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदी, प्रतियोगिता संयोजक खड्कशमसेर लिम्वु, डिपो क्याम्पस प्रमुख राजकुमार राई, धरान मेघा हिमालयन कलेज अध्यक्ष कैलाश लिम्वु लगायतको उपस्थिति रहेको थियो ।