धरान: तेस्रो आमन्त्रित अन्तर्राष्ट्रिय सञ्जिवनी फुटसल प्रतियोगिताको ओपन रिकभरिङ्गतर्फको फस्ट स्टेप काठमाण्डौ च्याम्पियन बनेको छ । यस्तै, भेट्रानतर्फ डिआर एफसि धरान र महिला तर्फ एना समुह धरानले उपाधि जितेको छ । 

शनिबार भएको फाइनल खेलमा ओपनतर्फ फस्ट स्टेपले युनाइटेड फेलोसिप दार्जिलिङ्गलाई ५–१ को गोलअन्तरले हराउदै च्याम्पियन बनेको हो । भेट्रानतर्फ डिआर एफसि धरानले ग्रेस फाउण्डेसन गाङटोकलाई ४–२ गोलअन्तरले हराउदै उपाधि जित्यो भने महिला तर्फ ऐना समुह धरानले एक्ट नेपाललाई हराउदै उपाधि जिकेको हो ।

महिला तर्फ प्राविधिक कारणले एक्ट नेपाल इटहरी फाइनलमा सहभागिता जनाउन नसकेपछि प्राविधिक टिम र आयोजकले ऐना नेपाललाई विजेता घोषित गरेको थियो । भेट्रान तर्फ तेस्रो स्थानको लागि शुक्रवार नै भएको खेलमा आश्रय काठमाण्डौले व्रदस रिकभरिङ्ग सिक्किमलाई १–० गोल अन्तरले पराजित गर्दै तेस्रो उपाधि हात पारेको थियो।

ओपन तर्फका विजेता फस्ट स्टेपले नगद दुई लाख, उपविजेता युनाइटेड फेलोसिप डार्जिलिङ्गले नगद १ लाख, ट्रफि र मेडल प्राप्त गर्यो । भेट्रान तर्फ विजेता डिआर एफसि धरानले नगद ५० हजार, उपविजेता ग्रेस फाउण्डेसनले नगद ३० हजार र तेस्रो हुने आश्रय काठमाण्डौले नगद २० हजार, ट्रफि र मेडल प्राप्त गर्यो । महिला तर्फका विजेता ऐना समुह धरानले नगद २० हजार रुपैया, ट्रफि र मेडल प्राप्त गर्यो । 

champion2

प्रतियोगिताको उत्कृष्ट खेलाडि ओपन तर्फ फस्ट स्टेपका प्रवल राई र वेस्ट गोल किपर डार्जिलिङ्ग युनाइटेडका राजु शर्मा घोषित भए । उनीहरुले जनही नगद ५ हजार र ट्रफि प्राप्त गरे । फाइनल खेलको म्यान अफ द म्याच फस्ट स्टेपका सविन राई घोषित हुद उनले मेडल र प्रमाणपत्र प्राप्त गरे । 

भेट्रान तर्फको उत्कृष्ट खेलाडी डिआर एफसि धरानका निरज लामा र उत्कृष्ट गोलकिपर ग्रस फाउण्डेसन गाङटोकका काल्जेन भुटिया घोषित भए । उनीहरुले जनही २ हजार ५ सय रुपैया र ट्रफि प्राप्त गरे। भेट्रान तर्फको फाइनल खेलको म्यान अफ द म्याच डिआर एफसिका जोन मोक्तान घोषित भए । उनले मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताको फेयर प्ले टिम ग्रस फाउन्डेसन गाङटोक घोषित हुदै ट्रफि र प्रमाणपत्र प्राप्त गर्यो ।

विजेता तथा उपविजेताहरुलाई कार्यक्रमका प्रमूख अतिथि कोशी प्रदेश खेलकुद विकास समितिका सदस्यसचिव एवं नेपाल खेलकुद महासंघका केन्द्रिय अध्यक्ष कृष्ण बस्नेत (पर्शुृराम), सञ्जिवनी केन्द्रका अध्यक्ष सम्पुर्ण ताम्राकार, धरान १८ न. वडाध्यक्ष प्रविण राई (नरेन्द्र), १० न. वडाध्यक्ष विवेक राई, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, युवा नेता सन्तोष विक लगायतले पुरस्कार वितरण गरेका थिए । 

सञ्जिवनी केन्द्र धरानको आयोजनामा आयोजित प्रतियोगिताको संम्पुर्ण खेल धरान १६ स्थित विवि फुटसलमा भएको थियो । पुर्व दुव्यर्सनी तथा रिकभरिङ्ग खेलाडीहरुमा आपसी भाइचारा तथा सामाजिकरण गर्ने उद्धेश्यले आयोजित प्रतियोगितामा धरान, चितवन, काठमाण्डौ, झापा, मोरङ्ग, भारतको सिक्किम, डार्जिलिङ्ग, गाङटोक लगायतबाट रिकभरिङ्ग टिमले सहभागिता जनाएको थियो ।