धरान : धरान १७ फोकल्याण्डस्थित दिपेन्द्र स्मृति आधारभुत विद्यालयमा आयोजित तेस्रो दिपेन्द्र कपको उपाधि आयोजकले जितेको छ। 

प्रतियोगिताको सोमबार आयोजित फाइनलमा रेल्वेस्थित पञ्चकन्या माविलाई ३–० गोलअन्तरले हराउदै आयोजक दिपेन्द्रले उपाधि जितेको हो । दिपेन्द्रका विवेक माझीले २ गोल र डेबिट माझीले एक गोल गरेका थिए । विवेकले पहिलो हाफको २० औं र दोस्रो हाफको पाँचौं मिनेटमा गोल गरेका थिए भने डेबिटले पहिलो हाफको पाँचौं मिनेटमा गोल गरेका थिए ।

dipendra cup1

विजेता दिपेन्द्रले च्याम्पियन ट्रफीसहित नगद १५ हजार, मेडल र प्रमाणपत्र हात पार्यो भने उपविजेता पञ्चकन्याले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो । फाइनल खेलको म्यान अफ द म्याच विवेक माझीले नगद २ सय पुरस्कार पाए । प्रतियोगिताको उत्कृष्ट खेलाडी पवल बिक, हाइ स्कोरर नेहाङ जोगी र वेष्ट गोलकिपर सन्देश दर्जीले जनही नगद १ हजार पुरस्कार पाए ।