धरान: इमोर्टल्स क्लबले आयोजना गरेको अन्डर १९ थ्री वाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधी आयोजक क्लबले जितेको छ । 

बिजेता बनेको इमोर्टलले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेता मिराकल क्लबले नगद ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताका उदयिमान खेलाडी इमोर्टल क्लबका सितम लिम्बू र उत्कृष्ट खेलाडी इमोर्टल क्लबकै पारुहाङ लिम्बू घोषित भए । उनीहरुले ट्रफी र प्रमाणपत्र प्राप्त गरे  

धरान १६ स्थित धरान रंगशाला इम्डोर बास्केटबल कोर्टमा शनिबार आयोजना गरिएको एक दिने प्रतोयोगिता मौषमको कारण फाइनल खेल प्रभावित बनेपछि आइतबार सारिएको थियो । प्राबिधिक कारणले मिराकल क्लबले आइतबार फाइनल खेल खेल्न नसके पछि इमोर्टल क्लबलाई बिजयी घोषित गरिएको थियो । 

प्रतियोगितामा धरानभरिका २१ टिमले सहभागिता जनाएको थियो ।सेमिफाइनलमा इमोर्टलले ब्रदस क्लबलाई १३-१२ र मिराकल क्लबले होलिल्याण्ड स्कुललाइ ९-४ अंकको अन्तरले पराजित गर्दै फाइनल प्रबेश गरेको थियो।प्रतियोगिताका बिजेता तथा उपबिजेता टिमलाइ कोशी प्रदेश मुख्य बास्केटबल प्रशिक्षक बिकाश चाम्लिङ राई र इमोर्टल क्लबका अध्यक्ष रोशन राइले आइतबार पुरस्कार बितरण गरेका थिए।