धरान: २२ औं मिस्टर धरानको उपाधि क्रन्च फिटनेसका खेलाडी अर्पन सेनेहाङ लिम्बुले जितेका छन् ।

हाम्रो व्यायमशालाले आयोजना गरेको शारीरिक सुगठन प्रतियोगिताको शनिबार सम्पन्न फाइनलमा स्पर्धामा अन्य ४ प्रतिस्पर्धीहरुलाई पछि पार्दै अर्पनले उपाधि जितेका हुन् । उनी ७५ केजी तौल समुहमा प्रथम हुदै उपाधिको लागि ओभरअल राउण्डमा भिड्ेका थिए । जितसँगै उनले २२ औं मिस्टर धरानको उपाधि र नगद १ लाख ५० हजार पनि हात पारेका छन् ।

प्रतियोगितामा हाम्रो व्यायामशालाका सन्देश पौडेल दोस्रो भए । उनले ट्रफीसँगै नगद ७५ हजार हात पारे भने तेस्रो भएका धरान फिटनेशका खेलाडी आयुष लिम्बुले ट्रफी र नगद ३५ हजार थापे । हाम्रो व्यायामशालाका अनुप लिम्बु चौथो र धनबहादुर श्रेष्ठ पाँचौ भए । खेलाडीहरुलाई नगद नै पुरस्कार वितरण गरिएको थियो । 

mr dharan copy

प्रतियोगितामा मोष्ट मस्कुलरको उपाधि झुनाज फिटनेसका यसदेवल राईले जिते । उनले नगद १० हजार पाए । वेष्ट पोजरको उपाधि धरान फिटनेश क्लबका समिर भुजेलले जिते । उनले पनि नगद १० हजार पुरस्कार पाए । विजेता खेलाडीहरुलाई आयोजक हाम्रो व्यायामशालाकी अध्यक्ष समिनकला राई, प्रमुख अतिथि एवं धरानका उपमेयर अइन्द्रबिक्रम बेघा, बिशेष अतिथि एवं नेपाल प्रहरीका एसएसपी भीम दाहाल, आयोजक सचिव अमन श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए । 

प्रतियोगितामा ५५, ६०, ६५, ७० र ७५ केजी तौल समुहमा खेलाडीहरु स्पर्धामा उत्रिएका थिए । प्रत्येक तौल समुहको स्पर्धामा प्रथम भएका खेलाडी मात्र २२ औं मिस्टर धरान उपाधिको लागि ओभरअल राउण्डमा प्रवेश पाएका थिए ।

भिडियो: