धरान: डिपो स्कुलको आयोजनामा हुने १९ औ अम्वर ललित डिपो कप आगामी पुष १२ गते देखि सन्चालन हुने भएको छ ।


आयोजक डिपो स्कुलले शुक्रबार पत्रकार सम्मेलन गर्दै कक्षा ५ सम्मका विद्यार्थीहरुले मात्र सहभागिता जनाउन पाउने जानकारी दिएको छ । साथै विद्यालयस्तरिय प्रतियोगितामा १६ टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ । पुस १२ गते देखि १९ गते सम्म सम्पन्न हुने प्रतियोगिताका उपाधि विजेताले नगद ११ हजार १ सय ११ रुपैया, दोस्रो हुनेले नगद ७ हजार १ सय ११ र तेस्रो हुनेले नगद ५ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । 


शिक्षासंगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागिता गराई उनीहरुमा भएको प्रतिभालाई प्रोत्साहन गर्नलाई प्रतियोगिताको आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन अम्वरवहादुर लिम्वुले जानकारी दिए । प्रतियोगिताको आयोजनाले विद्यालयहरुमा आपसी भाइचारा समेत बढ्ने अध्यक्ष लिम्वुले बताए । अम्वर ललित कप २०६१ साल देखि सुरु भएको डिपो क्याम्पस प्रमूख राजकुमार राईले जानकारी गराए । लकडाउनको वेला दुई संस्करण प्रतियागिता रोकिए वाहेक प्रतियोगिता निरन्तर सम्पन्न भईरहेको उनले वताए।


दिलकुमार प्लेट च्याम्पियन

58b8d7ed-e316-42aa-9726-a45458b08613

अम्वर ललित डिपो कपको पहिलो चरणमा पराजित टिमहरु विच दिलकुमार प्लेट च्याम्पियन कप हुनेछ । पहिलो चरणमा पराजित ८ टिमले प्लेट च्याम्पियनका लागि भिड्नेछ ।

प्लेट च्याम्पियनका विजेतले नगद ३ हजार १ सय ११ रुपैया र उपविजेताले २ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । 

डिपो कपको पहिलो चरणका खेलहरु सकिएपछि प्लेट च्याम्पियनका खेलहरु सुरु हुनेछ । प्रतियोगिताका सम्पुर्ण खेल धरान १८ स्थित डिपो स्कुलको खेल मैदानमा हुनेछ ।

पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समिति सदस्य  एवं प्रतियोगिता संयोजक दिपवहादुर राई, सदस्य सुर्य पन्धाक लिम्वु, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई लगायतको उपस्थिति रहेको थियो ।