धरान: धरान मेघा हिमालयन कलेजको आयोजनामा पुस १ गते देखि तेस्रो धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगिता हुने भएको छ ।
धरान बास्केटवल संघको व्यवस्थापन, रेवाहाङ रुछेन्वुङ स्मृति प्रतिष्ठान र सुनसरी बास्केटवल संघको प्रविधिक सहयोगमा प्रतियोगिता सम्पन्न हुन लागेका आइतवार पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी गराएको छ । प्रतियोगिता पुस १ गते देखि ५ गतेसम्म आयोजक धरान मेघा कलेजको बास्केटल कोर्टमा सम्पन्न हुनेछ ।
प्रतियोगितामा धरान उपमहानगर र आसपासका क्षेत्र तथा जिल्लाका विद्यालयहरुबाट करिव १२ वटा टिमले सहभागिता जनाउनेछ । प्रतियोगितामा १२ कक्षा सम्म अध्यन गरिरहेको खेलाडिहरुले सहभागिता हुन पाउने छ । प्रतियोगिताको एक टिममा १० कक्षा सम्मका ६ जना र ११ र १२ कक्षाका ६ जना खेलाडिले सहभागिता जनाउन पाउनेछ । १० कक्षा सम्मका खेलाडिहरुको हकमा भने टिमको सम्पुर्ण १२ जना खेलाडि नै समावेस गर्न पाइने आयोजक धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्वुले जानकारी गराए । ।
विजेता टिमले नगद रु. २५ हजार, उपविजेताले नगद रु. १२ हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट खेलाडि मोस्ट भ्यालुएवल प्लेयर र उदयीमान खेलाडिले नगद पुरस्कारका साथमा ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।
दिवंगत पुर्व बास्केटवल खेलाडि रेवाहाङ राईको स्मृतिमा विगत तिन वर्ष अघि देखि धरान मेघा कलेज, बास्केटवल संघ र रेवाहाङका परिवारको सहकार्यमा प्रतियोगिता सुरु सूरु भएको हो । धरान १८ निवासी रेवाहाङ राईको १६ वर्षको उमेरमा २०७७ माघ २० गते निधन भएको थियो ।
दश कक्षामा अध्यन गरिरहेको रेवाहाङ राईको असमाहिक निधन पछि उनको सम्मानमा प्रतियोगिता आयोजनाको सुरुवात गरिएको सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदिले वताए
फाइनल खेल अघि थ्री पोइन्ट कम्पिटिसन हुने
प्रतियोगिताको फाइनल खेल अघि थ्री पोइन्ट कम्पिटिसन समेत हुनेछ । पहिलो चरणमा कम्पिटिसनमा सहभागि खेलाडिले १ मिनट थी्र पोइन्ट सट गर्नेछ । त्यस मध्ये वाट वढि बास्केट गर्ने उत्कृष्ट तिन खेलाडि छनौट हुनेछ । फाइनल चरणमा छनौट भएका मध्ये वाट एक मिनेटमा जसले बढी थ्री पोइन्ट वास्केट गर्नेछ उहि थी्र पोइन्ट च्याम्पियन घोषित हुनेछ । थ्री पोइन्ट च्याम्पियनले नगद पुरस्कार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।
धरान मेघा हिमालयन कलेजको सभाहलमा संपन्न पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष भिमज्वाला राई, रेवाहाङ राईका वुवा रेवतिरमण राई र आमा सुजता राई लगायतको उपस्थिति रहेको थियो ।