धरान: लियो क्लब अफ धरानले ५ किमि लियो इन्टर्न रन प्रतियोगिता शनिबार सम्पन्न गरेको छ ।
दुई क्याटोगरीमा भएको दौड प्रतियोगितामा विभिन्न विद्यालयका एक हजार विद्यार्थीहरु सहभागी थिए । आयोजकका अनुसार कक्षा ७ देखि १० कक्षासम्मका र कक्षा ११ देखि १२ का विद्यार्थीहरुको स्पर्धा भएको थियो । दौड प्रतियोगितामा धरान साथै भोजपुर, काठमाण्डौं, दमक, तरहराका विद्यार्थीहरु सहभागी भएको लियो प्रदिप ओझाले जानकारी दिए ।
बिहान ७ बजे पुतलीलाईनको तमु कम्लेक्स अगाडिबाट शुरु भएको प्रतियोगिता दुर्गाचोक, पानी ट्याङ्की देखि चतरालाईनबाट सिहदेवि चोक मोडिदै पुरानो बजारको बाटो हुदै देशीलाईनमा टुंगिएको थियो । कक्षा ७ देखि १० कक्षाका केटोगेरीमा पुरुष तर्फ सिहश्वरि मावि भोजपुरका ईश्वर राई प्रथम र ज्वालामूखि स्कुल धरान १७ का सुबास कुमार विश्वकर्मा दोस्रो भए । साथै धरान आदर्शका विनोद राई तेस्रो भएका छन् । यस्तै, महिला तर्फ श्री सिङश्वरि मावि भोजपुरकी जुहि राई प्रथम र विनिता राई दोस्रो भइन् भने धरान १८ डिपोट माविका दृष्टि राई तेस्रो भइन् ।
कक्षा ११ /१२ केटोगरी पुरष तर्फ हिमालयन मावि दमकका ओशियन राई प्रथम भए भने निकेतन मावि धरानका पुकार लिम्बू दोस्रो र मेघा कलेजका कालुमान राई तेस्रो भए । यस्तै, महिला तर्फ सिङश्वरि मावि भोजपुरका पुष्पन शेर्मा लिम्बू प्रथम भइन् । पब्लिक माविका दीक्षा राई दोस्रो र आर्दश माविका रिना काङ भइन् । प्रथमले ९ हजार, दोस्रोले ७ हजार र तेस्रोले ५ हजार नगद पुरस्कार पाएका छन् भने मेडल र गिफ्ट ह्याम्पर पनि प्राप्त गरेका छन् ।