धरान: धरान मेघा हिमालयन कलेजको आयोजनामा पुस १ गते देखि हुन लागेको तेस्रो धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगितामा १४ टिमले सहभागिता जनाउने भएको छ ।
प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाउदै आयोजकले विहिवार खेल तालिका तयार गरेको छ । सहभागि टिमको प्रतिनिधिहरुको सहभागितामा खेल तालिका तयार गरिएको थियो । प्रतियोगितामा आयोजक धरान मेघा कलेज ए , वि, डिपो स्कुल ए, वि, टावर टेम्पल इङ्गलीस स्कुल झापा, युनाइटेड गोर्खा, होलिल्याण्ड इन्टरनेसनल, सियोन स्कुल, काम्रेल स्कुल, विजयपुर स्कुल, धरान आर्दश स्कुल, सुनाखरी स्कुल, एम्स एकेडेमि र चिल्ड्रेन स्कुल रहेको छ ।
प्रतियोगिताको उद्घाटन खेल धरान आर्दश स्कुल र सुनाखरि स्कुल विच हुनेछ । विजेता टिमलाई नगद रु.२५ हजार, उपविजेताले नगद रु. १२ हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट खेलाडि मोस्ट भ्यालुएवल प्लेयर र उदयीमान खेलाडिले नगद पुरस्कारका साथमा ट्रफि र प्रमाणपत्र प्रदान गरिने आयोजक धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्वुले जानकारी गराएको छ।
प्रतियोगितामा धरान बास्केटवल संघ, सुनसरी बास्केटवल संघ र रेवाहाङ रुछेन्वुङ स्मृति प्रतिष्ठानको विशेष सहयोग र फ्रेन्डस सिनेमा थियटर पार्टनर रहेको अध्यक्ष लिम्वुले जनाए । पुस १ गते देखि ५ गते सम्म सम्पन्न हुने प्रतियोगिताको सम्पुर्ण खेल धरान मेघा कलेजको बास्केटवल कोर्टमा हुनेछ ।