धरान: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले धरानको खानेपानी समस्यालाई दीर्घकालिन हल गर्न प्रदेश सरकारले उच्च प्राथमिकता दिन तयार रहेको बताएका छन् ।

धरान १२ स्थित धरान मेघा हिमालयन कलेजमा तेस्रो रेवाहाङ बास्केटवल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले करिब डेढ बर्षअघि बजेट बनाउदा धरानको खानेपानीको मागबारे सम्बोधन गरेको स्मकरण गर्दे सधैको लागी समस्या हल गर्न प्रदेश सरकारले उच्च प्रथमकिताका साथ नीतिगत प्रबन्ध र बजेटको व्यवस्थापन गर्न तयार रहेको बताए । 

hikmar2 copy

‘डेढ बर्षअघि प्रदेश सांसदहरुको पहलमा खानेपानीको स्रोत थप गर्न बजेट विनियोजन गरेको थिए, त्यसले थोरै भएपनि योगदान भयो भन्ने विश्वास व्यक्त गर्छ चाहन्छु,’ मुख्यमन्त्री कार्कीले भने,‘सधैको लागि खानेपानी समस्या हल गर्न, व्यवस्थापन गर्न कोशी प्रदेश सरकार उच्च प्राथमिकताका साथ नीतिगत प्रबन्ध र बजेटको व्यवस्थापन गर्न तयार छ, यस कुरामा सबै सहयोग, सद्भाव रहने विश्वास व्यक्त गर्न चाहन्छु ।’

धरानमा पानीको स्रोत कमजोर भएकोले केही कठिन भएपनि अन्यत्र नजिकको स्रोतबाट पानी व्यवस्थापन गर्नुपर्ने मुख्यमन्त्री कार्कीले बताए । सप्तकोशीको डिपिआर सम्पन्न भएको योजनातर्फ संकेत गर्दै उनले भने,‘त्यो कुरा पनि सम्भव छ भन्ने देखिएको छ, बढी खर्च लाग्ने भएकोले केही समय लाग्ला तर यो काम हामी गर्न सक्छौ ।’ 

hikmat3 copy

धरानले अपेक्षा अनुसार विकासमा फड्को मार्न नसकेको गुनासोतर्फ टिप्पणी गर्दै मुख्यमन्त्री कार्कीले नगरपालिकालाई साथमा लिएर विकासको गति अघि बढाउन पनि सुझाव दिए । ‘त्यसो भयो भने प्रदेश सरकार पनि आफ्नो हैसियता अनुसार जोडिन चाहन्छ,सहयोग गर्न तयार छौं,’ उनले भने । 

भिडियो: