धरान: २५ औं बुढासुब्बा गोल्डकपमा इटहरीको रास्ट्रीय जागृती ९राजा० क्लब पाहुना टोली रोयल थिम्पु कलेज एफसीसङ्ग ४(१ को फराकिलो गोल अन्तरले पराजित भएको छ ।
सोमबार धरान १६ स्थित रंगशालामा भएको तेस्रो क्वाटरफाइनलमा जित हात पार्दै भुटानी टोली सेमिफाइनल प्रवेश गरेको छ । भुटानको लागि खेलको ९ मिनेटमा सोनम यसे, ५३ औ मिनेटमा सोनम जुग्ड्रल चोन्जे, ६० औं मिनेटमा कर्मा टि जम्त्सो र ७० औं मिनेटमा ङ्डा योसेलले गोल गरेका थिए ।
खेलको ७७ औं मिनेटमा इटहरीका एलेक्सले गोल गरेपनि सान्त्वनामै सिमित भएको थियो । खेलको म्यान अफ द म्याच भुटानका सोनम यसे घोषित हुँदै नगद १० हजार, ट्रफी हात पारे । भोलीको अन्तिम क्वाटरफाइनल खेल साविक विजेता एनाअरटी क्लब काठमाडौं र केएफटिसी झापाबिच हुनेछ ।