धरान: डिफेन्डिङ च्याम्पियन एनआरटि क्लब धरानमा जारी २५ औं बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

धरान १६ स्थित रंगशालामा बिहिवार सम्पन्न अन्तिम सेमीफाइनल खेलमा युकेएफसी भारतलाई ३-१ गोलअन्तरले गराउदै एनआरटी उपाधि नजिक पुगेको हो । एनआरटिको जितमा प्रदीप बुढाथोकीले २ गोल गरेका थिए भने शिशिर लेखीले एक गोल गरेका थिए ।

20250206_174421

प्रदिपले खेलको ४५ औं र ७६ औं मिनेटमा गोल गरेका थिए भने शिशिरले २८ औं मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ द म्याच शिशिर लेखी घोषित हुँदै नगद १० हजार, ट्रफी पुरस्कर पाए ।

अब शनिबार फाइनलमा चर्च ब्वाइज युनाइटेड र एनाअरटिबिच उपाधिको लागि मैदानमा भिडन्त हुनेछ । विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख हात पार्नेछ ।

भिडियो